ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

 वैदेशिक रोजगारका सेटिङ अब अन्त्य हुन्छ  : आईजीपी खनाल


admin
८ मंसिर २०७५, शनिबार   ५ : ४५   बजे

 

काठमाडौं, ८ मङसिर । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालले वैदेशिक रोजगारीमा हुने गरेका अवैधानिक क्रियाकलाप बन्द गरिने बताएका छन् ।

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् युएईको वार्षिक भेलामा बोल्दै शुक्रबार उनले वैदेशिक रोजगारका सेटिङ अब अन्त्य हुने बताएका हुन् ।

गतल गर्नेहरू अब सच्चिनु पर्ने भन्दै उनले प्रदेशमा भएका नेपालीले देशको शिर निहुराउने आपराधिक क्रियाकलापमा नलाग्न अनुरोध पनि गरे । एनआरएनले परदेशमा नेपालको प्रतिष्ठा बढाएको र रेमिट्यान्सबाट देशको अर्थतन्त्रमा सहयोग गरेको धारणासमेत व्यक्त गरे ।

इन्टरपोलको ८७औँ महासभामा भाग लिन युएई आएका वेला उनी एनआरएनको कार्यक्रममा सहभागी भएका हुन् । उनले भने, ‘नेपाल सरकारले अहिले लिएको ‘समृद्ध नेपाल सुखी नेपालीको भावनालाई पूरा गर्न प्रदेशमा रहेका नेपालीको सीप क्षमताको आवश्यकता छ।

देशमा लगानीको वातावरण रहेको छ । लगानीका सुरक्षाका लागि सरकारले ठोस कदम चालेको छ । कार्यक्रममा उनीसँगै सिआइबीका निर्देशक डीआइजी नीरज शाही, नेपाल प्रहरीको इन्टरपोल शाखाका प्रमुख एसपी उमेशराज जोशी,एसपी देउती गुरुङको पनि सहभागिता थियो।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोशी बाढीपछि पाँच जलविद्युत् आयोजनाका २१५ कर्मचारी सम्पर्कविहीन

हेलिकप्टरको आवाजबीच घाइतेको उपचारमा व्यस्त रसुवा अस्पताल, इन्धन अभावको चिन्ता

सम्बन्धित

रसुवा बाढीपछि महोत्तरीका ११ जना सम्पर्कविहीन

रसुवा–भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या ४६९ पुग्यो

भोटेकोशी बाढीका ६३ घाइतेको काठमाडौंका ९ अस्पतालमा उपचार हुँदै

लाङटाङ लिरुङ क्षेत्रबाट फेरि बाढी आउन सक्ने जोखिम, नेपाल–चीन दुवै सतर्क हुनुपर्ने

भोटेकोशी बाढीको कहर : ३८९ जनाको शव फेला, ९७७ जना अझै सम्पर्कविहीन (अपडेट)

अमेरिकी डलरदेखि कुवेती दिनारसम्म महँगियो, युरो र पाउन्डको मूल्य घट्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu