ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मेयर विद्यासुन्दरको स्मार्ट सिटीकाे परिकल्पनालाई गिज्याई रहेको अस्थाई बसपार्क


एबीसी न्यूज
११ मंसिर २०७५, मंगलबार   १० : १३   बजे

काठमाडौं,११ मंसिर ।  दैनीक हजारौ मानिस आवत जावत गर्ने काठमाडौको स्थानीय बसपार्क झण्डै तीन वर्षदेखि अस्तव्यस्त छ । साविक बसपार्कमा महानगरपालिकाले काठमाडौं भ्यू टावर बनाउन भन्दै काठमाडौको खुला मञ्चमा अस्थाई रुपमा सञ्चालन भइरहेको वसपार्क अहिले आफ्नो जिम्मेवारीमा नरहेको भन्दै टकटकीएपछि झनै जिर्ण र अव्यवस्थित बन्दै गएको छ ।

शहरका एक भेगदेखि अर्को भेगसम्म दैनिक हजारै मानीसको गन्तव्य तय गर्ने बसपार्कमा एउटा बत्तीको समेत व्यवस्था छैन । बत्ती नभएकै कारण साँझमा बसपार्क हुदै ओहोर दोहोर गर्नेहरु समस्यामा पर्ने गरेको बताउछन् ।

यो काठमाडौको खुलामञ्चमा रहेको अस्थाइ बसपार्क हो । काठमाडौ भित्र र काठमाडौ आसपासका काभ्रे, सिन्धुपाल्चोक, दोलखा जस्ता आसपासका जिल्लाहरुमा यसै बसपार्कबाट दैनिक सयौको संख्यामा यात्रुवाहक सवारी साधन ओहोर दोहोर गर्छन् । तर यसको उचित संरक्षण र सम्वद्र्धनको त कुरै छाडौं, वसपार्क भित्र हुनुपर्ने न्यूनतम मापदण्ड समेत नहुँदा यस अस्थाई बसपार्कले महानगरका मेयर विद्यासुन्दर शाक्यको स्मार्ट सिटी परिकल्पनालाई गिज्याई रहेको छ ।

दैनिक रुपमा घर अफिस गर्नेहरुले यहि बसपार्कवाट आफ्नो यात्रा गर्नु पर्ने बाध्यता छ । अव्यवस्थीत सवारीका क्यू, जथाभावी नाङ्ले पसल, जथाभावी फालिएका फोहोर र प्लाष्टिकका खोल, पुराना र थात्रा बसका कारण बसपार्कनै ढाक्नेगरी उडेको धुँवाले बसपार्कमा सवारी कुर्न गाह्रो त छदै नै थियो । बसपार्क भित्र महानगरले एउटा बत्तिको समेत व्यवस्था गर्न नसक्दा सर्वसाधरणले यस क्षेत्रलाइ नै असुरक्षित महसुस गर्ने गरेका छन् ।

साझको समय एक त आफ्नो रुटको गाडी नै नचिनिने समस्या । त्यसमाथी सार्वजनिक स्थलमा बिभिन्न नियतका मानिस आउने भएकाले चोरी चकारी समेतको समस्या भोग्नुपरेको सर्वसाधारण वताउछन् ।

काठमाडौ भ्यूटावरको निर्माणकालागी भनेर २०७३ सालमा ३ बर्षको लागी भनेर यो बसपार्क खुलामञ्चमा सारीएको थियो । तर ३ बर्षको समय पूरा भइसक्दा पनि काठमाडौ भ्यूटावरको निर्माण सुरु हुन नसक्दा अझ कति समय खुलामञ्चबाटै अस्थायी रुपमा बसपार्क सञ्चालन हुने हो भन्ने पत्तो छैन । तर सर्वसाधारणको सुविधाका लागि थोरै भए पनि बजेट खर्चेर बसपार्कलाई न्यूनतम व्यवस्थित बनाउन समेत महानगरले अनिच्छा देखाउदै आएको छ ।

अस्थाइ रुपमा संचालन गरीएको वसपार्कमा महानगरले खर्च नगर्ने महानगरको प्रवक्ता ज्ञानेन्द« कार्कि सोझै बताउछन् । यो बसपार्कको जिम्मा काठमाडौ भ्यू टावरको जिम्मा लिएको जलेश्वर जेभि ठेकेदार कम्पनिको भएको प्रबक्ता कार्की को भनाइ छ ।

अहिले नत साविक बसपार्क रहेको पुरानो क्ष्ँेत्रको निर्माण सम्पन्न भएको अवस्था छ । नत अस्थाइ रुपमा संचालन भइरहेको बसपार्कनै व्यवस्थित बनेको छ । यस्तो अवस्थामा जे छ त्यसैलाई व्यवस्थीत गर्नु महानगरको कतब्य हो । तर महानगर आफैनै अस्थाइ रुपमा संचालन भएको बसपार्क आफ्नो जिम्मेवारीमा नपरेको भनेर तर्कंदा आम महानगरवासीले भने निरन्तर समस्या भोग्नुपरेको छ । नगर बसपार्क अस्थायी होस् वा स्थायी, महानगरवासीलाई न्यूनतम सुविधा दिन महानगरका पदाधिकारी भाग्न मिल्दैन ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

सम्बन्धित

रास्वपा महाधिवेशन : कोशी र गण्डकी भूगोलमा नयाँ नेतृत्व चयन, चर्चित नेताहरू पराजित

इरानी राष्ट्रपति पेजेस्कियान पाकिस्तान भ्रमणमाः द्विपक्षीय र क्षेत्रीय मुद्दामा छलफल हुने

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group