ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मजदूरको हकहित रक्षा गर्न सरकारले कुनै कसर बाँकी राख्दैन : मन्त्री अधिकारी


admin
१३ मंसिर २०७५, बिहिबार   ३ : ०१   बजे

काठमाडौं, १३ मङसिर । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले वर्तमान सरकारले शुभारम्भ गरेको योगदानमा आधारित सामाजिक सुरक्षा योजनाले मजदूरको जीवनमा ठूलो परिवर्तन ल्याउने बताउनुभएको छ ।

नेपाल स्वतन्त्र होटल, क्यासिनो तथा रेस्टुरेन्ट मजदूर युनियनको ३८औँ स्थापना दिवसका अवसरमा आज आयोजित कार्यक्रममा उहाँले भन्नुभयो, “सरकारले सामाजिक सुरक्षा कार्यक्रमलाई प्रभावकारी ढङ्गबाट कार्यान्वयन गर्छ, सरकारले खुट्टा कमाउँदैन ।”

उहाँले मजदूरको हकहित रक्षा गर्न सरकारले कुनै कसर बाँकी नराख्ने बताउनुभयो । पर्यटनको विकासबिना मुलुकको विकास हुन नसक्ने बताउँदै उहाँले समग्र पर्यटन क्षेत्रका विकासका लागि सङ्घीय पर्यटन ऐन, २०७५ को मस्यौदा तयार भइसकेको जानकरी दिनुभयो । आउँदो संसद् अधिवेशनबाट उक्त ऐन पारित हुने उहाँको भनाइ थियो ।

उक्त ऐन जारी भएपछि क्यासिनो क्षेत्रमा देखिएका समस्याको दीर्घकालीन समाधान हुने विश्वास व्यक्त गर्दै उहाँले क्यासिनोलाई व्यवस्थित गर्न खोज्दा कानूनी अड्चन आइपरेको गुनासो गर्नुभयो । मन्त्री अधिकारीले रोयल्टी नबुझाउने क्यासिनोलाई कुनै पनि हालतमा सञ्चालन गर्न नदिइने बताउनुभयो ।

सीमा क्षेत्रमा क्यासिनो सञ्चालनको सम्भावना औँल्याउँदै उहाँले ती क्षेत्रलाई ‘क्यासिनो हव’ का रुपमा विकास गर्न सकिने बताउनुभयो । युनियनका संस्थापक अध्यक्ष हरि शर्माले आफ्ना हकअधिकारका लागि मजदूरले सङ्गठित भएर आवाज उठाउनुपर्नेमा जोड दिँदै सरकारले पनि मजदूरका माग सम्बोधन गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा अग्रज ट्रेड युनियनकर्मी र व्यवसायीलाई सम्मान गरिएको थियो । गत वर्षको एसइई परीक्षामा उत्कृष्ट अङ्क प्राप्त गर्ने युनियन आबद्ध मजदूरका तीन सन्ततिलाई ‘स्व माधव न्यौपाने स्मृति छात्रवृत्ति’ समेत प्रदान गरिएको थियो । यसैगरी सर्वोत्कृष्ट ट्रेड युनियन पुरस्कार होटल अन्नपूर्ण दरबारमार्गमा क्रियाशील आधिकारिक ट्रेड युनियनलाई प्रदान गरिएको थियो ।

कार्यक्रममा सहभागी मजदूरले योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम घोषणा भएकामा खुशी व्यक्त गरेका थिए । सञ्चालकले विभिन्न बहानामा ज्यादति गरेको भन्दै होटल सोल्टीमा कार्यरत मजदूरले विसं २०३७ मा युनियनको गठन गरेका थिए । युनियनमा होटल, लज, रेस्टुरेन्ट, क्यासिनो, गेस्टहाउसमा कार्यरत मजदूर आबद्ध रहेका छन् । नेपालको पहिलो होटलका रुपमा विसं २००८ मा ललितपुरको जावलाखेलमा ‘नेपाल होटल’ सञ्चालनमा आएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

विष्णु पौडेललाई गैरकानुनी रूपमा थुनिएको भन्दै श्रीमती दोमाया पुगिन् सर्वोच्च

रास्वपा नेतृत्वको दौड: ९९ सिटका लागि ३८४ जनाको होड, ८० महिला प्रतिस्पर्धी (सूची)

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

विष्णु पौडेललाई गैरकानुनी रूपमा थुनिएको भन्दै श्रीमती दोमाया पुगिन् सर्वोच्च

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

रास्वपा नेतृत्वको दौड: ९९ सिटका लागि ३८४ जनाको होड, ८० महिला प्रतिस्पर्धी (सूची)

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

महाधिवेशन बिचमै छाडेर काठमाडौँ फर्कियो बालेनको टिम

समयमै बजेट नपुग्ने जोखिम, ६४ पालिकाले मात्र बजेट सार्वजनिक

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group