ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

५० प्रतिशत अनुदानमा कृषकलाई आधुनिक हाते ट्र्याक्टर


admin
२० मंसिर २०७५, बिहिबार   २ : १९   बजे

वामी, २० मङ्सिर ।  गुल्मीको मुसिकोट नगरपालिकाले कृषकका लागि ५० प्रतिशत अनुदानमा आधुनिक हाते ट्र्याक्टर वितरण गरेको छ ।

नगरपालिकाले ५० प्रतिशत अनुदानमा कृषक व्यक्ति र कृषक समूहलाई खेतबारी जोत्नका लागि आधुनिक नौ वटा हाते ट्र्याक्टर वितरण गरेको हो । बुधबार नगरपालिकामा एक कार्यक्रमको आयोजना गरी प्रत्येक वडाका एक-एक जनालाई हाते ट्र्याक्टर वितरण गरिएको नगरपालिकाका अधिकृत नवराज भण्डारीले जानकारी दिनुभयो ।

वडा कार्यालयमा आएका निवेदनअनुसार व्यक्ति तथा समूहलाई वडाको सिफारिशअनुसारलाई ट्र्याक्टर वितरण गरिएको अधिकृत भण्डारीले बताउनुभयो । उहाँका अनुसार बोलपत्र प्रक्रियाबाट रु ७५ हजारमा खरीद गरिएका ट्र्याक्टरलाई रु ३७ हजार ५०० नगरपालिकाको अनुदान सहयोग तथा रु ३७ हजार ५०० स्वयं कृषक वा समूह आफ्नै लगानीमा हाते ट्र्याक्टर पाएका हुन् । कृषकलाई खनजोतमा सहज होस र उत्पादन वृद्धि गरी समृद्ध मुसिकोट निर्माणमा कार्यक्रम फलदायी हुने अधिकृत भण्डारीले बताउनुभयो ।

महोत्सवमा आर्थिक सहयोग थपिँदै झण्डै रु एक करोड सङ्कलन
बागलुङ ढोरपाटन शैक्षिक तथा धार्मिक महोत्सवमा दैनिकरुपमा आर्थिक सहयोग रकम थपिँदै गइरहेको छ ।

महोत्सवको पाचौँ दिन अर्थात् बुधबारसम्म नगद चन्दा प्रतिबद्धता, धान सुनलगायतबाट गरी कूल रु ९८ लाख बराबरको आर्थिक सहयोग जुटेको निसीभुजी जनता क्याम्पस ढोरपाटन बुर्तिवाङका क्याम्पस प्रमुख कृष्णकान्त आर्चायले बताउनुभयो ।

पश्चिम बागलुङकै एकमात्र क्याम्पस निसीभुजीलाई सुविधा सम्पन्न क्याम्पस बनाउन शैक्षिक तथा धार्मिकोत्सवको आयोजना गरिएको हो । महोत्सव मङ्सिर २२ गतेसम्म सञ्चालन हुने क्याम्पस प्रमुख आर्चायले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

समयमै बजेट नपुग्ने जोखिम, ६४ पालिकाले मात्र बजेट सार्वजनिक

कोलम्बियाले एक खेलअगावै अन्तिम ३२ को यात्रा तय गर्‍यो, चम्किए मुनोज

सम्बन्धित

महाधिवेशन बिचमै छाडेर काठमाडौँ फर्कियो बालेनको टिम

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

खगेन्द्र सुनारको अभिव्यक्तिमा शक्तिको मात र अहंकार झल्किन्छ : रक्षा बम

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group