ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सुधार गृहबाट २१ व्यक्तिको उद्धार, सञ्चालक पक्राउ


admin
२१ मंसिर २०७५, शुक्रबार   २ : ५९   बजे

 

काठमाडौं,२१ मङसिर । महानगरीय प्रहरी परिसर काठमाडौँले सुधार गृहबाट २१ व्यक्तिको उद्धार गरेको छ । काठमाडौँ महानगरपालिका–४ सुकेधारामा सञ्चालित ट्रान्सफरमेशन नेपालको सुधार गृहबाट उनीहरुलाई उद्धार गरेको हो ।

सुधार गृहमा रहेकालाई चरम यातना दिएको आरोपमा परिसरका टोलीले त्यसका सञ्चालक सन्तोष घिमिरे र कर्मचारी समित मल्ललाई पनि पक्राउ गरी आवश्यक अनुसन्धान शुरु गरेको परिसरले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा सो जानकारी दिएको हो ।

परिसरका प्रमुख वसन्त लामाले मदिरा र लागुऔषध दुुव्यर्सनमा फसेका व्यक्तिलाई राख्नका लागि खोलिएको सुधार गृहमा सुधार गर्नुुभन्दा पनि यातना दिएपछि सञ्चालकलाई पक्राउ गरी त्यहाँ राखिएका व्यक्तिलाई उद्दार गरिएको जानकारी दिनुुभयो ।

“सुधारगृहमा रहेका ३४ व्यक्तिमध्ये १३ जना भागेर प्रहरीको शरणमा आएर आफूले सुधार गृहमा भोग्नुुपरेका समस्या राखेपछि र उनीहरुको परिवारले सञ्चालकलाई कारवाही र सुुधार गृहमा रहेकालाई उद्धार गरी पाउँ भन्ने निवेदनका आधारमा बाँकी २१ जनालाई बिहीबार उद्धार गरेका हौँ,”उहाँले भन्नुभयो, “उद्धार गरेका सबैलाई परिवारको जिम्मामा समेत लगाइसकिएको छ ।

प्रतिव्यक्ति मासिक रु ३५ हजारका दरले एक वर्षको एकैपटक पैसा लिने र अभिभावकलाई भेट्न नदिई विभिन्न किसिमको शारिरीक तथा मानसिक यातना दिने गरेको अनुुसन्धानबाट खुलेको छ, प्रमुुख लामाले भन्नुभयो, “अभिभावक गम्भीर नबनेका कारण यस्तो घटना घटेको हो ।”

पाँच वर्ष पहिला कपनमा सञ्चालमा रहेका उक्त सुधारगृह दुुई वर्षदेखि सुुकेधारामा सञ्चालित छन् । पक्राउ परेका सञ्चालकलाई अपराध संहिता ऐनको १६८ दफाअनुुसार कारबाही गरिने परिसरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कोलम्बियामा ट्रम्प समर्थित दक्षिणपन्थी करोडपति उम्मेदवारको जित, वामपन्थी इभान सेपेदाले स्वीकारे हार

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

सम्बन्धित

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

महाधिवेशन बिचमै छाडेर काठमाडौँ फर्कियो बालेनको टिम

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group