ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गोंगबु बसपार्क क्षेत्रमा डिएसपी प्रसाई पुग्दा यस्तो भेटियो …….


एबीसी न्यूज
२२ मंसिर २०७५, शनिबार   ४ : १७   बजे

काठमाडौं, २२ मंसिर । महाराजगञ्ज प्रहरीले प्रहरीले चलाएको स्वीप अपरेशनमा शुक्रबार राति गोंगबु क्षत्रेका विभिन्न होटलबाट शंकास्पद अवस्थामा ४२ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा होटल सञ्चालक समेत रहको प्रहरीले जनाएको छ । बर्थ डे मनाउन भन्दै होटेलमा २ वटा कोठा लिइ बसेका ९ जना किशोर–किशोरीलाई पनि नियन्त्रणमा लिइएको छ उक्त समुहबाट प्रहरीले लागुपदार्थ गाजा पनि बरामद गरिएको छ ।
उनीहरु मित्रनगरमा रहेको बाग्लुङ कालिका गेस्ट हाउसमा पक्राउ परेका हुन् । उनीहरु कक्षा ८ देखि ११ सम्म पढ्ने १३ देखि १८ वर्षसम्मका छन् । उनीहरुमध्ये ७ छात्र र २ छात्र छन् ।

पक्राउ परेका किशोर–किशोरी अभिभावकको जिम्मा लगाई अब यस्तो कार्यमा संलग्न भए कारवाही गर्ने सर्तमा छाडिने महाराजगञ्ज प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक फणिन्द्र प्रसाईले जानकारी दिए । प्रहरी नायव उपरिक्षक प्रसाईका अनुसार होटल संचालकहरुलाई अव यस्तो कार्य नर्गन र होटलमा आउने  आउने बालबालिकाको अभिभावक संग समेत समन्वय गरेर मात्र बास वस्न दिने र अव यस्तो कार्य गरेमा कानुन बमोजिम कार्वाही गरिने चेतानी दिएको प्रहरी नायव उपरिक्षक प्रसाईले जानकारी दिए । अभिभावकले पनि आफ्ना बालबालिका के गर्दै छ कहाँ छन् उक्तकुरामा जानकारी र निगरानी राख्ने सके यस्तो समस्या नआउने प्रहरी नायव उपरिक्षक प्रसाई बताए ।

उनका अनुसार त्यस स्वीप अप्रेशनमा उक्त टोलीमा सिन्धुलीबाट साउन महिनामा हरायकी आकंक्षा बानिया नाम भएकी बालिकालाई समेत प्रहरीले भेटाएको र उक्त बालिकाका अभिभावक आएपछि जिम्मा लगाई पठाउने प्रहरी नायव उपरिक्षक प्रसाईले जानकारी दिए । अप्रेशनकै क्रममा चेक प्वाइन्टबाट कागजत्र नभएका ५ वटा मोटरसाइकल, ७ वटा स्कुटर पनि बरामद गरिएको प्रहरीले बताएको छ । उक्त बरामद भएका सवारी साधन आफ्नो हो भन्ने प्रमाणपत्र ल्याएमा छोडिने प्रहरीले बताएको छ ।

प्रहरीले चेकिगंका क्रममा एक वैकं म्यानेजरले अर्को ब्यक्तिको बाइक चलाएको भेटिएको छ । चेकिगंका क्रममा सम्वन्धीत ब्यक्तिले बोकेको सवारी धनी प्रमाणपत्र र सवारी साधन नम्वर नमिले पछि प्रहरीले सोध खोज गर्दा आफ्नो बाईक सिभिल महलमा पर्किर्ग गरेको र अर्को ब्यक्तिको बाईक चढेर हिडेको भेटिएपछि प्रहरीले सम्वन्धित ब्यक्तिलाई बाईक फिर्ता गराएको छ । यसरी एउटै साँचोले एउटै कम्पनिका बाईक खुल्लने गरेको कारण पनि बाईक हराउने समस्या बढेको हुन सक्ने डिएपी प्रसाईले बताए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा महाधिवेशनको प्रभाव: प्रतिनिधिसभा बैठक फेरि स्थगित

रास्वपा पदाधिकारीको प्रारम्भिक सूची सार्वजनिक, १ महामन्त्रीका लागि ९ जना मैदानमा

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu