ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ट्रयाक्टरले ठक्कर दिँदा एक बालकको मृत्यु


admin
२२ मंसिर २०७५, शनिबार   १ : ३०   बजे


दाङ,२२ मङसिर । शुक्रवार राती तुलसीपुरमा ट्रयाक्टरले ठक्कर दिँदा एक बालकको मृत्यु भएको छ । छत्रेश्वरी गाउँपालिका १ सल्यान स्थायी घर भई हाल तुलसीपुर ५ रानीजरुवामा बस्दै आएका १२ वर्षिय नवीन वली रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी प्रेम बहादुर शाहीले बताउनुभयो ।

शुक्रवार राती साढे ८ बजेतिर तुलसीपुर ८ टिकरी भन्ने स्थानमा लु २ त ४१८७ नम्वरको ट्रयाक्टरले वलीलाई ठक्कर दिदां वलीको घटना स्थलमै मृत्यु भएको प्रहरीले बताईएको छ ।

बालकलाई ठक्कर दिने ट्रयाक्टर चालक अझै फरार भएका छन भने ट्रयाक्टरलाई प्रहरीले खोजतलास गर्ने क्रममा राती नै तुलसीपुर ३ दमारगाउँ जंगलमा फेला पारेको डिएसपी शाहीले बताउनुभयो ।

चालकको खोजीकार्य जारी रहेको छ भने मृतक बालकको शवलाई पोष्टमार्टमका लागी राप्ती अञ्चल अस्पताल तुलसीपुरमा राखीएको छ । त्यसैगरी उता सल्यानमा ट्रयाक्टर दुर्घटना हुदा एक जनाको ज्यान गएको छ । दाङबाट रुकुम जाँदै गरेको ट्रयाक्टर शुक्रवार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

रा १ त २६२८ नम्बरको ट्रयाक्टर सल्यान बागचौर नगरपालिका–४ जलेखर्कमा दुर्घटना हुँदा पूर्वी रुकुम उत्तरगङ्गा गाउँपालिका–११ का ३३ वर्षीय ट्रयाक्टर चालक प्रवीन विकको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ ।

दुर्घटनामा परी पश्चिमरुकुम, त्रिवेणी गाउँपालिका–१० टोटकेका २८ वर्षीय ईश्वर साहु घाइते भएका छन । घाइतेको मेडिकल कलेज कोहलपुरमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक वीरेन्द्रबहादुर शाहीले बताउनुभयो । सामान लिएर जाँदै गरेको ट्रयाक्टर सकडबाट करीब ६०० मिटर तल खसेको हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

टर्कीसँग पराजित भए पनि समूह विजेता बन्यो अमेरिका, इन्जुरी समयमा टर्कीको सान्त्वना जित

रास्वपाको महाधिवेशनबाट निर्वाचित ९९ सदस्ययहरुको मतसहितको आधिकारिक सूची, कसले कति मत पाए?

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu