ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

वीरता जेसीजले दियो ८४ विद्यार्थीलाई छाता


admin
२३ मंसिर २०७५, आइतबार   १ : २६   बजे

बिर्तामोड, २३ मङसिर । वीरता जेसीजको आयोजनामा आज आइतबार इलामको रोङ गाउँपालिका–१ शान्तिपुरस्थित ज्योति आधारभूत विद्यालयका विद्यार्थीलाई छाता वितरण कार्यक्रम सम्पन्न भएको छ ।

वीरता जेसीजका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको समारोहमा विद्यालयका ८४ विद्यार्थीलाई छाता वितरण गरिएको थियो । वीरता जेसीजका कार्यक्रम संयोजक अनन्तलाल महतोले औचित्यमाथि प्रकाश पारेको कार्यक्रममा प्रधानाध्यापक चन्द्रकुमार प्रधानले विद्यार्थीका लागि अति आवश्यक छाता प्रदान गरेकोमा धन्यवाद ज्ञापन गरे ।

उक्त क्षेत्रमा अधिकांश दिनहरु पानी पर्ने र त्यही कारण विद्यार्थी विद्यालय नजाने समस्या भएका बेला जेसीजले प्रदान गरेको छाताले वर्षात तथा चर्को घामको समयमा पनि अब विद्यार्थीलाई विद्यालय जान सहज हुने प्रधानाध्यापक प्रधानको भनाइ थियो ।

विपन्न आर्थिक अवस्थाका अभिभावकले छाता लगायतका सामग्री किनेर विद्यार्थीलाई विद्यालय पठाउन समस्या भइरहेका बेला जेसीजको सहयोगले राहत मिलेको विद्यालयका शिक्षक नन्दलाल कार्कीले बताए ।

कार्यक्रममा प्रकरण निर्देशक विशाल थापाले आस्था वाचन गरेका थिए भने महासचिव विनोद पाण्डे, कोषाध्यक्ष जीवनकुमार खड्का, सहकोषाध्यक्ष घनश्याम चौधरीले आगामी दिनमा पनि विद्यालयका लागि आवश्यक सहयोग गर्ने बताए ।

कार्यक्रममा शान्तिपुर एकता समाजका सदस्य शम्भु दाहाल लगायतले मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

विष्णु पौडेललाई गैरकानुनी रूपमा थुनिएको भन्दै श्रीमती दोमाया पुगिन् सर्वोच्च

रास्वपा नेतृत्वको दौड: ९९ सिटका लागि ३८४ जनाको होड, ८० महिला प्रतिस्पर्धी (सूची)

सम्बन्धित

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

महाधिवेशन बिचमै छाडेर काठमाडौँ फर्कियो बालेनको टिम

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group