ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

छुईगोठमुक्त अभियानमा जुम्लाका जनप्रतिनिधि


admin
२३ मंसिर २०७५, आइतबार   २ : ३८   बजे

जुम्ला, २३ मङ्सिर । छुईप्रथालाई समाजबाटमुक्त गर्ने अभियानमा जुम्लाका जनप्रतिनिधि जुटेका छन् । स्थानीय निकाय तथा सामाजिक सङ्घ संस्थाले महिला तथा धामीझाँक्रीमा चेतना जगाएपछि उनीहरु अहिले गाउँगाउँमा छुईगोठमुक्त गर्ने अभियानमा जुटेका हुन् ।

यही मङ्सिर २१ गते महिला तथा सरोकारवाला निकायले तिला गाउँपालिका– ८ पुरुगाउँलाई छुईगोठमुक्त गरिएको छ । तिला गाउँपालिकाको आयोजना तथा एक्सन बक्स नेपालको समन्वयमा प्रतिबद्धता पत्रमा हस्ताक्षर गरी छुईगोठमुक्त गाउँ घोषणा गरिएको हो ।

तिला गाउँपालिकाका अध्यक्ष रतननाथ योगीका अनुसार महिला र धामीझाँक्रीलाई सचेतीकरण गर्दै छुईप्रथालाई गाउँबस्ती हुँदै गाउँपालिकालाई नै छुईगोठमुक्त गर्ने अभियानमा जुटेका बताउनुभयो । पुरु गाउँसहित नौ गाउँलाई छुईगोठमुक्त गरिएको वडाध्यक्ष सन्तवीर रावतले बताउनुभयो । उहाँले भन्नुभयो, “हामी गाउँपालिकालाई छुईगोठमुक्त गरी सभ्य नागरिकको पहिचान दिने अभियानमा छौँ ।”

पछिल्लो समय स्थानीय निकाय गाउँपालिका तथा वडापालिका, विभिन्न महिला समूह, सञ्जाल तथा सर्वोदय नेपाल, क्याड र एक्सन बक्स जस्ता गैरसरकारी संस्थाले जनचेतनाकै कारण अन्धविश्वास न्यूनीकरण गर्दै छुईगोठमुक्त गर्ने अभियान चलाइरहेका छन् ।

सत्र गाउँ छुईगोठमुक्त

जुम्लाका सात गाउँपालिका र एक नगरपालिकाका–२१८ गाउँबस्तीमध्ये १७ गाउँबस्ती छुईगोठमुक्त भएका छन् । तिला गाउँपालिकाको पुरु गाउँसहित पोख्री, रावतवाडा, जोगीवाडा, ढिमकोट, चुलाकोट, थापागाउँ, डुङरी, खोलीगाउँ छुईगोठमुक्त भएका छन् ।

तातोपानी गाउँपालिकाका लाम्रा, श्रीनगर, हियाखोला, वाईराँका र जैतपुर गाउँ, पातारासी गाउँपालिकाका माथिल्होर्प, तलिल्होर्प गाउँ र हिमा गाउँपालिकाको महाबैपाथरखोला गाउँलाई यसअघि नै छुईगोठमुक्त गरिसकिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोसी बाढीपछि ६४४ पर्यटक सम्पर्कविहीन, सबैभन्दा धेरै भारतीय नागरिक

सेनाद्वारा ३३६ जनाको हवाई उद्धार, ६ देशका ४५ जना विदेशी नागरिक

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu