ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

स्मार्ट सिटी बनाउन दक्षिण कोरियाले सहयोग गर्ने


admin
३ आश्विन २०७४, मंगलबार   ११ : ५८   बजे

नवलपरासी, ३ असोज ।   नेपालका उत्कृष्ट छवटा स्थानीय तहलाई दक्षिण कोरिया सरकारले ‘स्मार्ट सिटी’ बनाउने कार्यमा सहयोग गर्ने भएको छ । काठमाडौँसहित दुईवटा महानगरपालिका र चारवटा नगरपालिकाको दिगो विकासका लागि दक्षिण कोरियाले सहयोग गर्ने भएको हो ।

ती स्थानीय तहलाई चौतर्फीरुपमा स्मार्ट सिटीको रुपमा विकास गर्न विविध प्रकारले आर्थिक लगानीमार्फत कोरिया सरकारले सहयोग प्रदान गर्ने पक्का भएको छ ।

यसअनुसार बजार क्षेत्रलाई स्मार्ट सिटी सडक व्यवस्थापनदेखि पर्यटकीय क्षेत्रको विकाससम्ममा दक्षिण कोरियाले सहयोग गर्ने तत्परता देखाएको हो जसका लागि दक्षिण कोरियाले आर्थिक लगानीसमेत गर्न लागेको छ ।

दक्षिण कोरियाले सहयोग गर्न लागेको महानगरपालिकातर्फ काठमाडौँ र पोखरा रहेका छन् भने नगरपालिकातर्फ नवलपरासीको रामग्राम, धादिङकोे निलकण्ठ, काभ्रेको धुलिखेल र भक्तपुर गरेका छन् ।

ती स्थानीय तहलाई दिगो विकास बनाउने रणनीतिका साथ दक्षिण कोरिया सरकारले सहयोग गर्ने योजनामा रहेको नवलपरासीको रामग्राम नगरपालिकाका नगर प्रमुख नरेन्द्रकुमार गुप्ताले जानकारी दिनुुभयो ।

दक्षिण कोरियाको राजधानी सोलमा गत भदौ २५ गतेदेखि २८ गतेसम्म आयोजित २०१७ इन्टरनेशनल सिटी समिट एण्ड मेयर्स फोरम कार्यक्रममा सोबारे जानकारी दिइएको थियो । छनोटमा परेका नेपालका ती छवटा स्थानीय तहलाई स्मार्ट सिटीको रुपमा दिगो विकासका लागि दक्षिण कोरियाले विविध योजना अघि सारेको छ ।

सो फोरममार्फत नेपालका मुख्य छवटा बजारलाई स्मार्ट सिटीका रुपमा दिगो विकासका लागि विविध रणनीतिबारे जानकारी दिएको कार्यक्रममा सहभागी रामग्राम नगरपालिकाका नगर प्रमुख गुप्ताको भनाइ छ ।

एक हप्तासम्म चलेको फोरमसहित स्थलगत भ्रमण कार्यक्रममा विश्वभरिका करिब ५० देशका करिब १३० जना नगरप्रमुखको सहभागिता रहेको थियो । कार्यक्रममा दक्षिण कोरियाले ३५ वर्षमा गरेको चौतर्फी विकासबारे विस्तृतरुपमा जानकारी गराइएको थियो ।

कार्यक्रममा स्मार्ट सिटीको रुपमा विकास भइसकेका विभिन्न देशका उत्कृष्ट शहरको अवस्था र नेपालमा त्यसको कार्यान्वयनका बारेमा छलफल गरिएको थियो । नेपाली टोलीलाई दक्षिण कोरियामा रहेको साइन्स एण्ड रिसर्च सेन्टरको अध्ययन अवलोकनसमेत गराइएको टोलीमा सहभागी रामग्राम नगरपालिकाका नगर प्रमुख गुप्ताको भनाइ छ ।

नेपालबाट छजना स्थानीय तहका प्रमुखको सहभागिता रहेको थियो । कार्यक्रममार्फत नेपालको चौतर्फी विकासका साथै नेपालसँग र विभिन्न देशबीच अन्तरराष्ट्रिय सम्बन्ध बलियो हुने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कोलम्बियामा ट्रम्प समर्थित दक्षिणपन्थी करोडपति उम्मेदवारको जित, वामपन्थी इभान सेपेदाले स्वीकारे हार

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

कोलम्बियामा ट्रम्प समर्थित दक्षिणपन्थी करोडपति उम्मेदवारको जित, वामपन्थी इभान सेपेदाले स्वीकारे हार

विश्वकप २०२६: रोमाञ्चक खेलमा हाइटीलाई हराउँदै मोरोक्को नकआउट चरणमा

ब्राजिलसँग ३–० ले पराजित स्कटल्यान्ड संकटमा, विश्वकप यात्रामाथि गम्भीर प्रश्न

‘खराब मानिस’बाट ‘बुद्धिमान नेतृत्व’सम्म : ट्रम्प नेतृत्वको दक्षिणपन्थी राजनीतिले इरानप्रतिको दृष्टिकोण किन बदल्दैछ?

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group