ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘ए’ डिभिजन लिग : मनाङको लगातार सातौँ जीत


admin
२४ मंसिर २०७५, सोमबार   ८ : ३७   बजे

काठमाडौं,२४ मङसिर । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा प्रतियोगितामा मनाङ–मस्र्याङ्दी क्लबले लगातार सातौँ जीत निकालेको छ । आज सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा भएको खेलमा मछिन्द्र युथ क्लबलाई १–० गोलले पराजीत गर्दै मनाङले लगातार सातौँ जीत निकालेको हो ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा मनाङले ८४औँ मिनेटमा ओवावाले अफिजको गोलमार्फत अग्रता कायम ग¥यो ।

भिक्टोरको पासमा डि बक्स भित्रबाट अफिजले प्रहार गरेको बलले जाली चुमेको थियो । खेलको ६१आँै मिनेटमा मनाङले पेनाल्टीको अवसर पाएको थियो ।

मनाङका अडिलाजालाई मछिन्द्रका डिफेन्डरले लडाएपछि प्राप्त पेनाल्टीमा अञ्जन विष्ट गोल गर्न असफल भए ।

जितसँगै मनाङ सात खेलमा शतप्रतिशत जीत निकाल्दै तालिकामा २१ अङ्क जोडेको शीर्ष स्थानमा यथावत छ । मछिन्द्र भने तीन अङ्कसहित तालिकाको १३ औँ स्थानमा छ ।

यसैबीच आजको खेलसँगै सातौँ चरणका खेलहरु सकिएका छन् । आठौँ चरणका खेलहरु यही मङ्सिर २७ गतेदेखि सञ्चालन हुने अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : आपत्काल घोषणा, भवनहरू ढले, मृतक र घाइतेको संख्या बढ्ने आशंका

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

सम्बन्धित

विश्वकप २०२६: रोमाञ्चक खेलमा हाइटीलाई हराउँदै मोरोक्को नकआउट चरणमा

ब्राजिलसँग ३–० ले पराजित स्कटल्यान्ड संकटमा, विश्वकप यात्रामाथि गम्भीर प्रश्न

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कोलम्बियाले एक खेलअगावै अन्तिम ३२ को यात्रा तय गर्‍यो, चम्किए मुनोज

कोलम्बिया भर्सेस कंगो : पहिलो हाफ गोलरहित बराबरी

विश्वकप २०२६ : बराबरी अंकमा कसरी छुट्टिन्छ टोलीको भाग्य?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group