ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

लगातार दोस्रो जितपछि ह्याट्रिकको लक्ष्यमा नेपाल ‘ए’, आज किंग्समेनसँग भिड्दै


ABC NEWS
११ भदौ २०८३, बिहिबार   ९ : १५   बजे

काठमाडौं । टप एन्ड टी–२० सिरिजअन्तर्गत नेपाल ‘ए’ टोली आज आफ्नो पाँचौँ खेलमा किंग्समेन एकेडेमीसँग प्रतिस्पर्धा गर्दैछ। अस्ट्रेलियाको डार्विनस्थित मारारा क्रिकेट मैदानमा हुने खेल नेपाली समयअनुसार विहान ९ः१५ बजे सुरु हुनेछ।

चार खेलबाट नेपाल ‘ए’ले दुई जित र दुई हारसहित चार अंक जोडेको छ। आजको प्रतिद्वन्द्वी किंग्समेन एकेडेमीको पनि समान चार अंक रहेको छ। त्यसैले अंक तालिकामा आफूलाई बलियो बनाउने लक्ष्यसहित दुवै टोली मैदानमा उत्रनेछन्।

नेपाल ‘ए’ पछिल्लो समय उत्कृष्ट लयमा देखिएको छ। सुरुआती दुई खेलमा नर्दन टेरिटोरी स्ट्राइक र बंगलादेश हाइ परफर्मेन्स टोलीसँग पराजित भएको नेपालले त्यसपछि लगातार दुई खेल जितेको थियो।

नेपालले होबर्ट हरिकेन्स एकेडेमी र अस्ट्रेलियन क्यापिटल टेरिटोरीलाई पराजित गर्दै प्रतियोगितामा पुनरागमन गरेको हो। अब नेपाल ‘ए’को लक्ष्य लगातार तेस्रो जित निकाल्दै अंक तालिकामा आफ्नो स्थिति थप मजबुत बनाउने हुनेछ।

किंग्समेन पनि लयमा फर्किएको

यता, किंग्समेन एकेडेमीले पहिलो खेलमा अस्ट्रेलियन क्यापिटल टेरिटोरीलाई हराएको थियो। त्यसपछि टोलीले भिक्टोरिया क्रिकेट संघ र नर्दन टेरिटोरीसँग हार बेहोरेको थियो।

तर, पछिल्लो खेलमा किंग्समेनले न्युजिल्यान्ड ‘ए’लाई पराजित गर्दै पुनः लय समातेको छ। यसैले लगातार दुई जितको आत्मविश्वासमा रहेको नेपाल ‘ए’ र पछिल्लो खेलमा बलियो जित निकालेको किंग्समेनबीचको प्रतिस्पर्धा रोमाञ्चक हुने अपेक्षा गरिएको छ।

आजको खेलमा जित निकाल्ने टोली प्रतियोगिताको अंक तालिकामा माथि उक्लने सम्भावना रहेकाले नेपाल ‘ए’का लागि किंग्समेनविरुद्धको भिडन्त महत्वपूर्ण बनेको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोसी र त्रिशूलीको बहाव सतर्कता तहभन्दा तल, उच्च सतर्कता अपनाउन आग्रह

चिनियाँ दूतावासको स्पष्टीकरण, ‘पूर्वसूचना नदिएको आरोप तथ्यहीन’

सम्बन्धित

नेपाल ‘ए’ लाई १ सय ४१ रनको लक्ष्य, कुशल भुर्तेलको उत्कृष्ट बलिङ

टप एन्ड टी–२० सिरिज: नेपाल ‘ए’ टोलीको लगातार दोस्रो जित

नेपाल ‘ए’ लगातार दोस्रो जितको खोजीमा, आज अस्ट्रेलियन क्यापिटल टेरिटोरीसँग भिड्दै

स्वर्णसहित दोहोरो अंकमा पदक जित्ने लक्ष्यसहित एसियाडको तयारीमा नेपाल

एनपीएलका लागि काठमाडौं गोर्खाजले भित्र्यायो श्रीलंकाली अलराउन्डर सहन

श्रीलंकन अलराउन्डर सहान अराचिगे काठमाडौं गोर्खाजमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu