ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भोटेकोसी र त्रिशूलीको बहाव सतर्कता तहभन्दा तल, उच्च सतर्कता अपनाउन आग्रह


ABC NEWS
११ भदौ २०८३, बिहिबार   १० : ०५   बजे

काठमाडौं । रसुवाको भोटेकोसी नदीमा आएको बाढीपछि अहिले भोटेकोसी र त्रिशूली नदीको बहाव सतर्कता तहभन्दा तल झरेको छ। यद्यपि, नदी आसपासका क्षेत्रमा उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ।

महाशाखाले बिहीबार बिहान ८ बजे जारी गरेको सूचनाअनुसार कोसी, नारायणी, बागमती, कर्णाली र महाकाली नदी तथा तिनका सहायक नदीहरूको बहाव पनि हाल सतर्कता तहभन्दा तल रहेको छ।

यस्तै, कन्काई, कमला, बबई, पूर्वी राप्ती तथा पश्चिम राप्ती नदीको बहावसमेत सतर्कता तहभन्दा मुनि रहेको महाशाखाले जनाएको छ।

बुधबार रसुवाको भोटेकोसीमा आएको विनाशकारी बाढीपछि महाशाखाले प्रमुख नदी तथा सहायक नदीहरूको बहाव निरन्तर निगरानी गरिरहेको जनाएको छ।

वर्षा भए बहाव बढ्न सक्ने

बिहान गरिएको मापनअनुसार प्रमुख नदीहरूमा पानीको सतह हाल सामान्य अवस्थामा रहेको र तत्काल ठूलो बाढीको जोखिम नदेखिएको महाशाखाले जनाएको छ।

तर वर्षा जारी रहेमा वा मौसममा अचानक परिवर्तन आएमा नदीको बहाव पुनः बढेर सतर्कता तह नाघ्न सक्ने भएकाले नदी किनार तथा तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।

महाशाखाले नदीको बहावसम्बन्धी आधिकारिक सूचना तथा पूर्वानुमानलाई आधार मानेर आवश्यक सावधानी अपनाउनसमेत सर्वसाधारणलाई अनुरोध गरेको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सञ्चारमन्त्री तिमिल्सिनाद्वारा बाढीपीडितको स्वास्थ्य अवस्थाबारे जानकारी

टिमुरेबाट १०५ जनाको उद्धार, टनेलबाट थप ७ जना निकालिए

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

सञ्चारमन्त्री तिमिल्सिनाद्वारा बाढीपीडितको स्वास्थ्य अवस्थाबारे जानकारी

टिमुरेबाट १०५ जनाको उद्धार, टनेलबाट थप ७ जना निकालिए

रसुवा बाढीमा मृत्यु भएका ९ जनाको शव पोस्टमार्टमका लागि पोखरा ल्याइयो

रसुवामा बाढी : जलविद्युत् आयोजनामा कार्यरत १९६ भन्दा बढी कर्मचारी सम्पर्कविहीन

Israel Continues Military Operations in Syria and Lebanon Amidst US Diplomatic Efforts

Qatari Prime Minister to Visit Tehran Amidst Stalled US-Iran Talks

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu