नुवाकोट। सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा परी घाइते भएकाहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्।
मन्त्री तिमिल्सिना बिहीबार नेपाली सेनाको श्री नं. १ तालिम केन्द्र, त्रिशूली पुगेर बाढीबाट उद्धार गरिएका घाइतेहरूसँग भेट गरेका हुन्। उनले बाढीमा बेपत्ता भएका व्यक्तिका परिवारजनसँग पनि भेटघाट गरेका छन्।
बुधबार बिहान भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण रसुवाका विभिन्न क्षेत्रमा ठूलो जनधनको क्षति भएको थियो। जोखिममा परेका नागरिकलाई नेपाली सेनाले उद्धार गरी त्रिशूलीस्थित तालिम केन्द्रमा ल्याएको थियो।
मन्त्री तिमिल्सिनाले घाइतेहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुका साथै आवश्यक उपचार तथा सहयोग उपलब्ध गराउने बताएका छन्।
उनले बाढी प्रभावित क्षेत्रमा सरकारले खोजी, उद्धार तथा राहत कार्यलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको जानकारी दिए।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्