ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रसुवाको बाढी–पहिरोमा ८२६ जना अझै सम्पर्कविहीन, १६५ शव फेला


ABC NEWS
११ भदौ २०८३, बिहिबार   ११ : २५   बजे

काठमाडौँ । रसुवा जिल्लामा आएको बाढी तथा पहिरोमा परी ८२६ जना अझै सम्पर्कविहीन रहेको गृह मन्त्रालयअन्तर्गतको विपद् पूर्वतयारी तथा प्रतिकार्य शाखा (एनईओसी) ले जनाएको छ।

एनईओसीका अनुसार बिहीबार बिहान ८ः४५ बजेसम्मको विवरणमा सम्पर्कविहीन हुनेमा नेपाली सेनाका ४४, नेपाल प्रहरीका २८ र सशस्त्र प्रहरी बलका १३ जना रहेका छन्।

त्यस्तै, रसुवाका १६१ जना, नुवाकोटका एक जना तथा विभिन्न स्थानका ५७९ पर्यटक सम्पर्कविहीन छन्। सम्पर्कविहीन पर्यटकमध्ये ११३ नेपाली र ४६६ विदेशी नागरिक रहेका छन्।

१०४ जनाको उद्धार

बाढी तथा पहिरोमा फसेका १०४ जनाको उद्धार गरिएको छ। रसुवाबाट ४३, नुवाकोटबाट ५८ र धादिङबाट तीन जनालाई सुरक्षित स्थानमा ल्याइएको एनईओसीले जनाएको छ।

१६५ शव फेला

विभिन्न जिल्लामा गरी हालसम्म १६५ वटा शव फेला परेका छन्।

  • चितवन — ६४
  • नवलपरासी पूर्व — २६
  • धादिङ — २७
  • गोरखा — २०
  • नुवाकोट — १२
  • तनहुँ — ९
  • नवलपरासी पश्चिम — ५
  • रसुवा — २

चितवनमा फेला परेका अधिकांश शव नारायणी नदी किनारबाट भेटिएका हुन्। केही शवको पहिचान हुन बाँकी रहेको जनाइएको छ।

७३ जना घाइते

बाढी तथा पहिरोमा परी ७३ जना घाइते भएका छन्। घाइतेमध्ये रसुवाका ४३, नुवाकोटका २७ र धादिङका तीन जना रहेका छन्।

खोज तथा उद्धारका लागि नेपाल प्रहरीका ३ हजार ३१५ र सशस्त्र प्रहरी बलका १ हजार २३७ जनशक्ति परिचालन गरिएको छ। उद्धारमा नेपाली सेनाका ६ र सशस्त्र प्रहरीका ९ वटा हेलिकोप्टर समेत प्रयोग भइरहेको एनईओसीले जनाएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोसी बाढी : विपद् व्यवस्थापनमा सबै दल एकजुट, पुनर्निर्माणका लागि संसदीय संयन्त्र बनाइने

भोटेकोसी बाढी : मृतकको संख्या १८८ पुग्यो, ठूलो संख्यामा अझै बेपत्ता

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

भोटेकोसी बाढी : विपद् व्यवस्थापनमा सबै दल एकजुट, पुनर्निर्माणका लागि संसदीय संयन्त्र बनाइने

भोटेकोसी बाढी : मृतकको संख्या १८८ पुग्यो, ठूलो संख्यामा अझै बेपत्ता

भोटेकोसी बाढी : सर्वदलीय बैठकबाट १० बुँदे संयुक्त अपिल जारी

बाढी प्रभावित क्षेत्रमा डेढ हजारभन्दा बढी सशस्त्र प्रहरी परिचालन

भोटेकोसी बाढी : ११ ट्रक राहत सामग्री त्रिशूली पुग्यो

रसुवा बाढीको वास्तविक कारण अझै अनुसन्धानमै, ‘हिम–चट्टान पहिरो’ प्रमुख सम्भावना

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu