ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रोहितको अर्धशतकपछि मलेसियासामु नेपालको १७१ रनको लक्ष्य


ABC NEWS
११ भदौ २०८३, बिहिबार   ११ : २५   बजे

काठमाडौं । रोहितकुमार पौडेलको उत्कृष्ट अर्धशतकपछि नेपालले दोस्रो तथा अन्तिम एकदिवसीय अभ्यास खेलमा घरेलु टोली मलेसियासामु १७१ रनको लक्ष्य प्रस्तुत गरेको छ।

क्वालालम्पुरस्थित सेलान्गोर टर्फ मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपाल ४१.४ ओभरमा सबै विकेट गुमाउँदै १७० रनमा समेटियो।

नेपालका लागि रोहितकुमार पौडेलले सर्वाधिक ६१ रन बनाए। उनले ८६ बल खेल्दै तीन चौका र तीन छक्का प्रहार गरे। गुल्सनकुमार झाले ४५ रनको महत्वपूर्ण योगदान दिए भने कप्तान सन्दीप लामिछानेले १३ रन बनाए।

अर्जुन कुमाल र आसिफ शेखले समान १०–१० रन जोडे। नेपाली टोलीको इनिङ्स सम्हाल्ने क्रममा रोहित र गुल्सनबीच छैटौँ विकेटका लागि ५९ रनको साझेदारी भएको थियो।

मलेसियाका बलर हाबी

मलेसियाका अकिल वाहिदले सर्वाधिक चार विकेट लिए। कप्तान सैयद अजिजले तीन विकेट हात पारे भने रिजवान हैदरले दुई तथा अमिर अजिमले एक विकेट लिए।

नेपालले एसीसी प्रिमियर कपको तयारीस्वरूप मलेसियासँग दुई खेलको एकदिवसीय अभ्यास शृंखला खेलेको हो। पहिलो अभ्यास खेलमा नेपालले मलेसियामाथि ९ विकेटको सानदार जित निकालेको थियो।

अब घरेलु टोली मलेसियाले दोस्रो अभ्यास खेल जित्न १७१ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गर्नेछ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोसी बाढी : विपद् व्यवस्थापनमा सबै दल एकजुट, पुनर्निर्माणका लागि संसदीय संयन्त्र बनाइने

भोटेकोसी बाढी : मृतकको संख्या १८८ पुग्यो, ठूलो संख्यामा अझै बेपत्ता

सम्बन्धित

लगातार दोस्रो जितपछि ह्याट्रिकको लक्ष्यमा नेपाल ‘ए’, आज किंग्समेनसँग भिड्दै

नेपाल ‘ए’ लाई १ सय ४१ रनको लक्ष्य, कुशल भुर्तेलको उत्कृष्ट बलिङ

टप एन्ड टी–२० सिरिज: नेपाल ‘ए’ टोलीको लगातार दोस्रो जित

नेपाल ‘ए’ लगातार दोस्रो जितको खोजीमा, आज अस्ट्रेलियन क्यापिटल टेरिटोरीसँग भिड्दै

स्वर्णसहित दोहोरो अंकमा पदक जित्ने लक्ष्यसहित एसियाडको तयारीमा नेपाल

एनपीएलका लागि काठमाडौं गोर्खाजले भित्र्यायो श्रीलंकाली अलराउन्डर सहन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu