ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रसुवामा बाढी : जलविद्युत् आयोजनामा कार्यरत १९६ भन्दा बढी कर्मचारी सम्पर्कविहीन


ABC NEWS
११ भदौ २०८३, बिहिबार   १० : ३५   बजे

काठमाडौँ । रसुवा जिल्लामा आएको भीषण बाढीका कारण जलविद्युत् आयोजनामा कार्यरत १९६ भन्दा बढी कर्मचारी तथा कामदार सम्पर्कविहीन भएका छन्। नेपाल विद्युत् प्राधिकरणका अनुसार सम्पर्कविहीन हुनेमा केही विदेशी नागरिकसमेत रहेका छन्।

प्राधिकरणका अनुसार निर्माणाधीन त्रिशूली–३ बी आयोजनाको साइटमा कार्यरत २१ जना कर्मचारी सम्पर्कविहीन छन्। यस्तै, चिलिमे जलविद्युत् केन्द्रको पावर हाउस क्षेत्रमा ६ जना तथा आवास क्षेत्रनजिक १ जना सम्पर्कबाहिर छन्।

चिलिमे जलविद्युत् कम्पनीअन्तर्गत चेस्को कम्पनीका ११ जना कर्मचारी पनि त्रिशूली–३ बीको साइटमा काम गरिरहेका अवस्थामा सम्पर्कविहीन भएका छन्। रसुवागढी जलविद्युत् केन्द्रमा कार्यरत ५१ जना सम्पर्कमा आएको जानकारी प्राप्त भए पनि बाँकी कर्मचारीको अवस्था अझै यकिन हुन सकेको छैन।

यस्तै, त्रिशूली–३ ए जलविद्युत् केन्द्रको पावर हाउसमा मर्मतसम्भारमा खटिएका ४५ जना कर्मचारी तथा कामदार पनि सम्पर्कविहीन छन्।

प्राधिकरणका त्रिशूली र देवीघाट जलविद्युत् केन्द्रमा कार्यरत एक–एक जना कर्मचारी पनि सम्पर्कबाहिर छन्। रसुवा वितरण केन्द्रअन्तर्गत चिलिमे पावर हाउसको स्विचयार्डमा कार्यरत एक कर्मचारी र गोटागन्तीका मिटर रिडरसँग पनि सम्पर्क हुन सकेको छैन।

त्यसैगरी, त्रिशूली २२० केभी ३ बी हबमा कन्ट्र्याक्टरतर्फबाट कार्यरत १६ जना तथा रसुवागढी जलविद्युत् केन्द्रमा विभिन्न कन्ट्र्याक्टरमार्फत मर्मतसम्भार र निर्माण कार्यमा खटिएका ९२ जना पनि सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ।

उद्धार टोली परिचालन

कर्मचारी तथा कामदार सम्पर्कविहीन भएपछि नेपाल विद्युत् प्राधिकरणका निमित्त कार्यकारी निर्देशक दीर्घायु श्रेष्ठको नेतृत्वमा टोली प्रभावित क्षेत्रमा पुगेको छ। टोलीले प्रभावित क्षेत्रको अनुगमन गर्नुका साथै हराइरहेकाहरूको खोजी तथा उद्धारका लागि प्राधिकरणका कर्मचारी परिचालन गरेको छ।

जोखिममा रहेका कर्मचारी तथा सर्वसाधारणलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्नसमेत अर्को टोली स्थानीय क्षेत्रमा खटाइएको छ।

निमित्त कार्यकारी निर्देशक श्रेष्ठका अनुसार सम्पर्कविहीन कर्मचारी तथा प्रभावित उत्पादन र प्रसारण संरचनासँग सम्पर्क स्थापित गर्ने प्रयास भइरहेको छ। त्यसका लागि स्थानीय प्रशासन, सुरक्षा निकाय, स्थानीय तह, स्वास्थ्य संस्था तथा अन्य सरोकारवाला निकायसँग समन्वय गरी विवरण संकलन तथा खोजी कार्यलाई तीव्रता दिइएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बाढी प्रभावित ६ जिल्लामा नदी किनारबाट टाढा रहन अमेरिकी दूतावासको आग्रह

रसुवाको बाढी–पहिरोमा ८२६ जना अझै सम्पर्कविहीन, १६५ शव फेला

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

बाढी प्रभावित ६ जिल्लामा नदी किनारबाट टाढा रहन अमेरिकी दूतावासको आग्रह

रसुवाको बाढी–पहिरोमा ८२६ जना अझै सम्पर्कविहीन, १६५ शव फेला

रोहितको अर्धशतकपछि मलेसियासामु नेपालको १७१ रनको लक्ष्य

सञ्चारमन्त्री तिमिल्सिनाद्वारा बाढीपीडितको स्वास्थ्य अवस्थाबारे जानकारी

टिमुरेबाट १०५ जनाको उद्धार, टनेलबाट थप ७ जना निकालिए

रसुवा बाढीमा मृत्यु भएका ९ जनाको शव पोस्टमार्टमका लागि पोखरा ल्याइयो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu