ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

वडामा पाइने सम्पूर्ण सेवा घरघरमै


admin
२७ मंसिर २०७५, बिहिबार   ३ : १६   बजे

रुकुम, २७ मङ्सिर ।  जिल्लाका स्थानीय तहले नागरिकलाई सजिलो होस् भनेर सेवा प्रवाहमा विभिन्न तरिका अपनाइरहेका छन् । यस क्रममा मुसिकोट– ९ ले वडामा पाइने सम्पूर्ण सेवा घरघरमै पुगेर दिएको छ ।

एक हप्ताको बीचमा वडाले वडाका सम्पूर्ण घरघरमै सेवा पु¥याउने उद्देश्यले गाउँगाउँमा पुगेर घुम्ती शिविर आयोजना गरेको थियो । जसबाट वडावासीले वडाका साथै स्वास्थ्य तथा पशु सेवा शाखाबाट पाइने सेवासमेत पाएका छन् । नागरिकलाई गाउँगाउँमा सिंहदरबार आएको महशुस गराउनका लागि गाउँगाउँमा पुगेर सेवा दिएको वडाध्यक्ष नवीन ओलीले जानकारी दिनुभयो । वडाले कामी गाउँ हिल, लिउडाँडा चौखावाङ, कुन्सिम्ला र वडा कार्यालय होल्तारामा एकीकृत घुम्ती शिविर आयोजना गरी सेवा दिएको उहाँको भनाइ छ ।

वडाले सञ्चालन गरेको एकीकृत शिविरबाट १० जनालाई विभिन्न खाले व्यक्तिगत सिफारिश, पाँच जनालाई नागरिकता र तीन जनालाई नागरिकताको प्रतिलिपिको सिफारिश गरिएको छ भने २५ जनाको जन्मदर्ता, दुई जनाको विवाह दर्ता, दुई जनाको मृत्यु दर्ता र नौ जना ज्येष्ठ नागरिकको सामाजिक सुरक्षा भत्ता पाउने फारम भरिएको छ ।

यसैगरी २३५ जनाको स्वास्थ्य परीक्षण तथा निःशुल्क औषधि वितरण गरिएको छ । त्यस्तै २४५ घरपरिवारलाई विभिन्न खाले पशु चौपायका लागि निःशुल्क औषधि पनि वितरण गरिएको छ । जसबाट एक लाख २५ हजार ३०९ रुपैयाँ राजश्व सङ्कलन भएको वडाले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रसुवामा बाढी प्रभावित ६०२ जनाको हेलिकप्टरबाट उद्धार

बाढीपीडितका लागि बेलायतद्वारा ८५ करोड रुपैयाँ सहायता घोषणा

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu