ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

काँग्रेस महासमिति बैठकको तयारी अन्तिम चरणमा


admin
२७ मंसिर २०७५, बिहिबार   ६ : १५   बजे

काठमाडौं,२७ मङसिर। नेपाली काँग्रेस महासमिति बैठकको तयारी अन्तिम चरणमा पुगेको छ ।

नेपाली काँग्रेसले बिहिबार काठमाडौंमा पत्रकार सम्मेलन गरी शनिबारबाट सुरु हुने पार्टी महासमिति बैठकको तयारी अन्तिम चरणमा पुगेको औंपचारिक जानकारी गराएको हो ।

काठमाडौंको रामशाहपथस्थित योगम्बर पार्टी प्यालेसमा शनिबार बिहान ११ बजे पार्टीका सभापति शेरबहादुर देउवाले महासमिति बैठकको उद्घाटन गर्नु हुने पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनु भयो ।

महासमिति बैठकमा भाग लिन विभिन्न मुलुकमा रहेका पार्टीका जनसम्पर्क समितिका प्रतिनिधिहरु काठमाडौं आउने क्रम सुरु भईसकेकोपनि पत्रकार सम्मेलन जानकारी दिइएको छ ।

महासमिति बैठकमा १६ सय जना प्रतिनिधि र पर्यवेक्षकहरु सहभागी हुने पनि प्रवक्ता शर्माले बताउनु भयो ।

महासमिति बैठक उद्घाटन भएकै दिन शनिबार अपरान्हबाट बन्द सत्र सूरु हुने कार्यक्रम पनि तय गरिएको छ । महासमिति बैठक उद्घाटन भएकै दिन अपरान्हबाट बन्द सत्र सुरु हुने प्रवक्ता शर्माले बताउनु भयो । बन्द सत्रमा पार्टी केन्द्रिय कार्य समितिबाट पारित पाँच वटै प्रतिवेदनहरु पेश हुनेछ ।

पार्टीका उपसभापति विमलेन्द्र निधिले राजनीतिक प्रतिवेदन, महामन्त्री डा. शशांक कोइरालाले सांगठनिक प्रतिवेदन, पार्टीका अर्का महामन्त्री पूर्णबहादुर खड्काले विधान संशोधन प्रतिवेदन, सहमहामन्त्री डा. प्रकाशशरण महतले अर्थनीति सम्बन्धि प्रतिवेदन र कोषाध्यक्ष सितादेवी यादवले पार्टीको आय÷व्यय विवरण समेटिएको प्रतिवेदन बन्द सत्र सुरु

पुस १ गतेबाट महासमिति बैठकमा सो प्रतिवेदनमाथिको छलफल प्रदेश स्तरीय ७ वटा समूह बनाएर सुरु हुनेछ । प्रवक्ता शर्माले पुस ३ गते मध्यान्हसम्म सो प्रतिवेदनमाथि छलफल गरी महासमिति बैठकले आवश्यक निर्णय लिने पनि बताउनु भयो ।

महासमिति बैठकले पार्टीलाई नविन उर्जा दिने काँग्रेसले विश्वास लिएको छ । पार्टी जीवनलाई महासमिति बैठकले नयाँ उर्जा दिने प्रवक्ता शर्माले दावी समेत गर्नु भयो ।

काँग्रेसले भोलि शुक्रबार भने महासमिति बैठकमा भाग लिन आएका देशभरका महासमिति सदस्यहरुलाई पार्टी कार्यालयमा स्वागत गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रसुवामा बाढी प्रभावित ६०२ जनाको हेलिकप्टरबाट उद्धार

बाढीपीडितका लागि बेलायतद्वारा ८५ करोड रुपैयाँ सहायता घोषणा

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu