ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

खेल क्षेत्रलाई प्राथमिकतामा राखेको छु: मुख्यमन्त्री राई


admin
२८ मंसिर २०७५, शुक्रबार   ८ : ३८   बजे

 

विराटनगर, २८ मङ्सिर। प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकारले खेल क्षेत्रलाई उच्च प्राथमिकतामा राखेको बताउनुभएको छ ।

मुख्यमन्त्री कप प्रदेशस्तरीय लिग फुटबल प्रतियोगिता एवं अन्तर्राष्ट्रिय आमन्त्रण मुख्यमन्त्री कप फुटबल प्रतियोगिता सञ्चालनसम्बन्धी सम्झौतामा हस्ताक्षर तथा पत्रकार भेटघाट कार्यक्रममा उहाँले भन्नुभयो, “खेलकूदले नागरिकलाई स्वस्थ र बलियो बनाउन सकिन्छ ।”

मुख्यमन्त्री कप प्रदेशस्तरीय लिग फुटबल प्रतियोगिता सञ्चालन गर्न प्रदेश सरकारले पाँच वर्षसम्मका लागि प्रतिवर्ष रु एक करोड उपलब्ध गराउने प्रदेश सरकार र अखिल नेपाल फुटबल सङ्घबीच सम्झौता भएको जनाएको छ । सो सम्झौता पत्रमा मुख्यमन्त्री शेरधन राई र सङ्घका अध्यक्ष कर्मासिंह शेपाले हस्ताक्षर गर्नुभयो ।

मुख्यमन्त्री राईले राष्ट्र र प्रदेशको पहिचान एवं प्रतिष्ठा खेलकूदबाट बढ्ने हुँदा खेल र खेलाडीको मनोबल बढाउन प्रदेश सरकार लागिपर्ने बताउनुभयो ।

सामाजिक विकास मन्त्री जीवन घिमिरेले यस प्रदेशस्थित केही खेलकूद मैदानलाई छनौट गरी अन्तर्राष्ट्रियस्तरको बनाउने योजनामा सरकार रहेको बताउनुभयो ।

अखिल नेपाल फुटबल सङ्घका अध्यक्ष कर्मासिंह शेर्पाले खेलकूद क्षेत्रको विकास तथा विस्तारका लागि प्रदेश सरकारले ठोस योजना तथा कार्यक्रम ल्याउनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा प्रदेश सरकारको तर्फबाट मुख्यमन्त्री शेरधन राई र अखिल नेपाल फुटबल सङ्घको तर्फबाट अध्यक्ष कर्मासिंह शेपाले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको थियो ।

यसैगरी, प्रदेश सरकारको सहकार्यमा अन्तर्राष्ट्रिय आमन्त्रण मुख्यमन्त्री कप फुटबल प्रतियोगितसमेत सञ्चालन हुनेछ ।

प्रतियोगिता सञ्चालनका लागि अखिल नेपाल फुटबल सङ्घ र प्रदेश खेलकूद बोर्डको परामर्शमा मन्त्रिपरिषद्द्वारा गठित आयोजक समितिलाई प्रदेश सरकारले पाँच वर्षसम्मका लागि प्रति वर्ष रु एक करोड उपलब्ध गराउने छ ।

प्रतियोगितामा सात प्रदेशका उत्कृष्ट समूह, ए डिभिजनका क्लबमध्येबाट उत्कृष्ट ६ र विदेशी आमन्त्रित फुटबल समूहबाट तीन गरी बढीमा १६ समूहको सहभागिता रहनेछ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कोलम्बियामा ट्रम्प समर्थित दक्षिणपन्थी करोडपति उम्मेदवारको जित, वामपन्थी इभान सेपेदाले स्वीकारे हार

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

कोलम्बियामा ट्रम्प समर्थित दक्षिणपन्थी करोडपति उम्मेदवारको जित, वामपन्थी इभान सेपेदाले स्वीकारे हार

विश्वकप २०२६: रोमाञ्चक खेलमा हाइटीलाई हराउँदै मोरोक्को नकआउट चरणमा

ब्राजिलसँग ३–० ले पराजित स्कटल्यान्ड संकटमा, विश्वकप यात्रामाथि गम्भीर प्रश्न

‘खराब मानिस’बाट ‘बुद्धिमान नेतृत्व’सम्म : ट्रम्प नेतृत्वको दक्षिणपन्थी राजनीतिले इरानप्रतिको दृष्टिकोण किन बदल्दैछ?

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group