ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

इपिएल क्रिकेट : हरायो ललितपुरले भैरहवालाई


admin
१ पुस २०७५, आइतबार   ५ : ४९   बजे

काठमाडौं,१ पुस । ललितपुर प्याट्रीयट्स एभरेष्ट प्रिमियर लिग (इपिएल) टी ट्वान्टी क्रिकेट प्रतियोगिताको शीर्ष स्थानमा रहँदै अघिल्लो चरणमा प्रवेश गरेको छ ।

कीर्तिपुरस्थित त्रिवी क्रिकेट मैदानमा आज भएको लिग चरणको अन्तिम खेलमा ज्ञानेन्द्र मल्ल कप्तान रहेको ललितपुरले शरद भेषवाकर कप्तान रहेको भैरहवा ग्लाडीयटर्सलाई छ विकेटले पराजित गर्दै क्वालिफायरमा पुगेको हो ।

क्वालिफायरमा विजेता हुने टोली सिधै फाइनलमा पुग्नेछ भने पराजित टोलीले फाइनल प्रवेशका लागि इलिमिनेटर खेल्नुपर्ने हुन्छ । टस हारेर पहिले ब्याटिङ गरेको भैरहवाले दिएको ९३ रनको लक्ष्यलाई ललितपुरले १४ दशमलव २ ओभरमा ४ विकेट गुमाउँदै भेट्टायो ।

ललितपुरको जितमा पवन सरार्फले २५ रनको योगदान दिए भने जय किशन कोल्शावालाले अविजित २२ तथा सन्दीप जोराले १८ रन जोडे । भैरहवाका लागि रायन टेन डेसकाटेले दुई विकेट झारे ।

त्यसअघि पहिले व्याटिङ गरेको भैरहवाले १९ ओभरमा सबै विकेट गुमाउदै ९२ रनमा समेटियो । भैरहवाका लागि रायन टेन डोसकाटेले सर्वाधिक ३७ रनको योगदान दिए भने रवि इन्दर सिंहले २५ रन जोडे । बलिङतर्फ ललितपुरका सन्नी पटेल एक्लैले पाँच विकेट लिए भने योगेन्द्रसिंह कार्की र राशिद खानले दुई÷दुई विकेट लिए ।

जितसँगै ललितपुरले पाँच खेलबाट आठ अङ्क जोडेको छ भने समान खेल खेलेको भैरहवा छ अङ्कका साथ दोस्रो स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

चितवनको राप र रास्वपाको रापताप: स्टन्टबाट पार्टीतन्त्रतर्फको कठिन यात्रा

टर्कीसँग पराजित भए पनि समूह विजेता बन्यो अमेरिका, इन्जुरी समयमा टर्कीको सान्त्वना जित

सम्बन्धित

टर्कीसँग पराजित भए पनि समूह विजेता बन्यो अमेरिका, इन्जुरी समयमा टर्कीको सान्त्वना जित

अमेरिकाविरुद्ध टर्कीको पुनरागमन, ओर्कुन कोकुको गोलमा २–१ को अग्रता

अमेरिका–टर्की खेलको रोमाञ्चक सुरुवात, पहिलो १० मिनेटमै १–१ को बराबरी

रोमाञ्चक बराबरीसँगै जापान र स्विडेन नकआउटमा, अब ब्राजिलसँग जापानको महाभिडन्त

विश्वकप २०२६: निकोलस पेपेको दुई गोलसँगै कोट डी आइभोर पहिलोपटक नकआउट चरणमा

इक्वेडरको ऐतिहासिक जित : जर्मनीलाई २–१ ले हराउँदै २० वर्षपछि विश्वकपको नकआउट चरणमा प्रवेश

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu