ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सरकार राम्रो बनाउने कर्मचारीले नै हो : मन्त्री अर्याल


admin
४ पुस २०७५, बुधबार   ७ : ५४   बजे

काभ्रेपलाञ्चोक, ४ पुस । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले सरकार राम्रो बनाउन कर्मचारीको भूमिका प्रमुख रहने बताउनुभएको छ ।

भूमि प्रशिक्षण केन्द्रद्वारा नवप्रवेशी नापी अधिकृतका लागि सञ्चालित तीनमहीने भूमि प्रशासन तथा कार्यालय व्यवस्थापनसम्बन्धी सेवा प्रवेश तालीम समापन कार्यक्रमलाई आज धुलिखेलमा सम्बोधन गर्दै उहाँले भन्नुभयो, “सरकार र कर्मचारी एकअर्काका परिपूरक हुन्, सरकार राम्रो बनाउने कर्मचारीले नै हो ।

” उहाँले कर्मचारीले राम्रो काम गरे सरकार राम्रो हुने र नराम्रो गरे सरकार पनि नराम्रो हुने जानकारी गराउनुभयो । मन्त्री अर्यालले खटिएको ठाउँमा सुशासन कायम गर्न दत्तचित्त हुन कर्मचारीलाई आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, “तपाईहरु आफू प्रशंसित हुने गरी काम गर्नुपर्छ, जहाँ जनताले सहज तवरले सेवा पाऊन्,” उहाँले कर्मचारीलाई ‘अर्जुन दृष्टि’ कायम राख्न आग्रह गर्नुभयो ।

मन्त्री अर्यालले नापी सेवा प्रभावकारी बनाउन प्रविधिको उच्चतम प्रयोग गर्न प्रशिक्षार्थीलाई निर्देशन दिनुभयो । उहाँले २७ जना प्रशिक्षार्थीलाई प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।

कार्यक्रममा मन्त्रालयका सचिव गोपीनाथ मैनालीले मुलुकको परिस्थितिअनुसार आफूलाई ढाल्दै जनताको सेवामा समर्पित रहन आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, “तपाईंहरु नजीक हैन, कर्णालीबाट काम शुरु गर्छु भनेर प्रण गर्नुस् ।” प्रजिअ कृष्णबहादुर राउतले नापी अधिकृतले देशको आर्थिक मेरुदण्डका रुपमा रहेको भूमि व्यवस्थापनको कार्य सम्पादनमा प्रभावकारी भूमिका खेल्नुपर्ने धारणा राख्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कोलम्बियामा ट्रम्प समर्थित दक्षिणपन्थी करोडपति उम्मेदवारको जित, वामपन्थी इभान सेपेदाले स्वीकारे हार

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

कोलम्बियामा ट्रम्प समर्थित दक्षिणपन्थी करोडपति उम्मेदवारको जित, वामपन्थी इभान सेपेदाले स्वीकारे हार

विश्वकप २०२६: रोमाञ्चक खेलमा हाइटीलाई हराउँदै मोरोक्को नकआउट चरणमा

ब्राजिलसँग ३–० ले पराजित स्कटल्यान्ड संकटमा, विश्वकप यात्रामाथि गम्भीर प्रश्न

‘खराब मानिस’बाट ‘बुद्धिमान नेतृत्व’सम्म : ट्रम्प नेतृत्वको दक्षिणपन्थी राजनीतिले इरानप्रतिको दृष्टिकोण किन बदल्दैछ?

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group