ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जनताको कुरा सुन्न छाडे अनुकुल परिस्थिती गुम्न सक्छ : प्रचण्ड


sharan sharan
२२ पुस २०७५, आइतबार   ४ : ३९   बजे

बुटवल, २२ पुस,
नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष प्रचण्डले आफुसंग २ तिहाई मत भएको भन्दै जनताको कुरा सुन्न छाडे परिस्थिती कम्युनिष्ट पार्टीको हातबाट गुम्न सम्क्ने बताउनुभएको छ ।
पत्रकार कर्णबहादुर कार्कीले सम्पादन गर्नुभएको लोक समिक्षा पाक्षिक पत्रिकाको आज बुटवलमा लोकार्पण गर्दै अध्यक्ष प्रचण्डले अकल्पनिय रुपमा पुरानो सत्ता ढलेका बेला जनमतलाई प्रतिगमनका हिमायतीहरुले भ्रम सिर्जना गरिरहेको बताउनुभयो । जनताको मतलाई सुरक्षागर्न सकिएन र जनताको कुरा सुनिएन भने परिस्थिती आफ्नो हातबाट फुत्कन बेर नलाग्ने प्रचण्डले चेतावनी दिनुभयो ।
बिश्व कम्युनिष्ट आन्दोलन रक्षात्मक अवस्थामा रहेका बेला नेपाली कम्युनिष्ट आन्दोलनले बिश्व कम्युनिष्ट आन्दोलनको नेतृत्व गर्ने अवसर पाएको चर्चा गर्दै अध्यक्ष प्रचण्डले नयां परिस्थिती र नयां बाटोबाट नेपाली कम्युनिष्टहरु समाजबादको बाटोमा अगाडी बढीरहेको स्पष्ट पार्नुभयो ।
उहांले दांयाबांया र देश भित्र र बाहरिबाट नेकपाका बिषयमा जनतामा भ्रम सिर्जना गर्ने प्रयास भै रहेको भन्दै पार्टीले क्रान्तीको ऐतिहासिक महत्वलाई जनतामा स्थापित गर्न सक्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा बोल्दै लोक अभियानका सम्पादक पत्रकार कर्णबहादुर कार्कीले पत्रकारहरुले सधैं प्रतिपक्षको भुमिका निभाउनुपर्ने बताउनुभयो ।
पंचायत र बिभिन्न संघर्षका बेला सक्रिय पत्रकारीता गरेका कार्की बिगत १ दशक देखि रिसोर्ट संचालन गरेर बस्नुभएको थियो । कार्यक्रममा कार्कीले प्रचण्डकै आग्रहमा आफु पुन पत्रकारीतामा आएको बताउनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

तिब्बतमा बाढीको जोखिम बढेपछि चीनद्वारा उद्धार कार्य स्थगित

जलविद्युत् आयोजनामा फसेकाको उद्धार गर्न ‘डेडिकेटेड’ हेलिकप्टर उडाइँदै

सम्बन्धित

विश्वप्रकाशको आग्रह- सर्वोच्चले अन्तरिम आदेश नदिएपछि घरायसी विवादमा अलमल नगरौँ, संकटमा मिलौँ

एनआईसी एशिया बैंकद्वारा बाढीपीडितका लागि २ करोड २१ लाख सहयोग

सानिमा बैंकले शेयरधनीलाई १० प्रतिशत नगद लाभांश दिने

जनैपूर्णिमामा भक्तपुरका किसानले भ्यागुतालाई खुवाए भोज

नीति आयोगमा उपाध्यक्ष र दुई सदस्य नियुक्त, बाढी प्रभावितका लागि २ करोड सहयोग

सम्पर्कविहीन १२ हजार मानिसको खोजीमा ‘सेतु’, १५ सयभन्दा बढीले भरे सहयोग फाराम

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu