ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सांसदले उठाएका प्रश्नको जवाफ दिन सरकार र मन्त्रीहरुलाई सभामुख महराको रुलिङ


admin
२५ पुस २०७५, बुधबार   २ : ४७   बजे

काठमाडौं,२५ पुस । प्रतिनिधिसभाका सदस्य कृष्णबहादुर महराले बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिन सरकार र मन्त्रीहरुलाई रुलिङ गर्नुभएको छ ।

बुधबारको बैठकको सुरुमा नै प्रमुख विपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभा नियमावलिको नियम २ सय १९ को उपनियम २ बमोजिम प्रधानमन्त्री तथा मन्त्रीहरुसंग प्रश्न गर्न पाउनुपर्ने व्यवस्थाको अधिकार सुरक्षित गर्न सभामुखको ध्यानाकर्षण गराएपछि सभामुखले सरकारलाई रुलिङ गर्नुभएको हो ।

नेपाली कांग्रेसका प्रमुख प्रमुख सचेत बालकृष्ण खाँडले प्रमुख सचेतक बालकृष्ण खाँडले सरकार सदनप्रति उत्तरदायि हुनुपर्ने भन्दै पुस २२ गते प्रतिनिधिसभा नियमावलि २ सय १९ को व्यवस्था अनुसार प्रधानमन्त्रीको सार्वजनिक महत्वको वक्तव्यमा २ सय १९ को २ को व्यवस्था अनुसार सांसहरुलाई प्रश्न सोधन् दिनुपर्नेमा त्यसो नभएको र अवरोधकाबीच सदनको कारवाही बढाईएको भन्दै नियमावलिमा भएको व्यवस्था अनुसार सांसदको अधिकारको रक्षा गर्न सभामुखको ध्यानाकर्षण गराउनुभएको थियो ।

शुक्रबारको बैठकमा आफुहरुलाई प्रश्न सोध्न नदिएर व्यवस्थापकिय पक्षमा सभामुखको पनि कमि कमजोरी देखिएको भन्दै सदन अवरोध गर्दा गर्दै सदनको कारवाही अगाडि बढाउनु शोभनिय र परम्परा नभएकाले आगामी दिनमा त्यसो नगर्न पनि उहाँले आग्रह गर्नुभयो ।

साथै सांसदले प्रश्न सोध्ने र उनीहरुको जवापफ मन्त्रीहरुले दिने कुराको सुनिश्चित नभएसम्म बैठक संचालन हुन नसक्ने बताएपछि सभामुखले सरकारलाई रुलिङ गर्नुभएको हो ।

त्यसपछि सभामुख महराले सदनमा उठेको सवालमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको भन्दै सांसदहरुले बैठकमा राखेको प्रश्नको जवाफ दिन मन्त्रीहरुलाई निर्देशन दिनुभएको हो ।

उहाँले भन्नुभयो “प्रतिनिधिसभा नियमावलिको २ सय १९ बमोजिम माननिय मन्त्रीहरुले सार्वजनिक महत्वको वक्तव्य दिईसकेपछि माननिय सदस्यहरुले प्रश्न गर्न पाउने व्यवस्था रहेको र उक्त व्यवस्था यथावतै रहेको समेत माननिय सदस्यहरुलाई आश्वस्थ गराउछु ।

साथै नेपाल सरकारले सार्वजनिक महत्वको वक्तव्य दिंदा नियमावलिको व्यवस्था बमोजिम माननिय सदस्यहरुले राख्नुभएको प्रश्नको जवाफ दिन नेपाल सरकारलाई निर्देशन गर्दछु । ”

प्रतिनिधिसभाको गत शुक्रबारको बैठकमा प्रधानमन्त्रीको वक्तव्यपछि प्रश्नउत्तरको समय उपलब्ध नगराईएको भन्दै कांग्रेसका सांसदहरुले उठेर विरोध गरेका थिए । उनीहरुको विरोधका बाबजुद सभामुखले कार्यसुचीमा भएका कामकारवाही अघि बढाएपछि कांग्रेस सांसदहरु थप असन्तुष्ठ बनेका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

तिब्बतमा बाढीको जोखिम बढेपछि चीनद्वारा उद्धार कार्य स्थगित

जलविद्युत् आयोजनामा फसेकाको उद्धार गर्न ‘डेडिकेटेड’ हेलिकप्टर उडाइँदै

सम्बन्धित

विश्वप्रकाशको आग्रह- सर्वोच्चले अन्तरिम आदेश नदिएपछि घरायसी विवादमा अलमल नगरौँ, संकटमा मिलौँ

एनआईसी एशिया बैंकद्वारा बाढीपीडितका लागि २ करोड २१ लाख सहयोग

सानिमा बैंकले शेयरधनीलाई १० प्रतिशत नगद लाभांश दिने

जनैपूर्णिमामा भक्तपुरका किसानले भ्यागुतालाई खुवाए भोज

नीति आयोगमा उपाध्यक्ष र दुई सदस्य नियुक्त, बाढी प्रभावितका लागि २ करोड सहयोग

सम्पर्कविहीन १२ हजार मानिसको खोजीमा ‘सेतु’, १५ सयभन्दा बढीले भरे सहयोग फाराम

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu