ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

उपत्यकाका अत्यावश्यक स्थानमा ट्राफिक लाइट राख्ने प्रक्रिया शुरु


admin
३ माघ २०७५, बिहिबार   ५ : ५२   बजे

काठमाडौं,३ माघ । सरकारले काठमाडौँ उपत्यकाका अत्यावश्यक क्षेत्रमा ट्राफिक लाइट राख्ने प्रक्रिया अगाडि बढाएको छ ।

पहिलो चरणमा अत्यावश्यक देखिएका विभिन्न आठ स्थानमा लाइट राख्ने काम थालिएको र अन्य क्षेत्रमा प्राथमिकताको आधारमा बत्ती जडान गरिने विभागका प्रवक्ता मुक्ति गौतमले जानकारी दिनुभयो ।

गौतमका अनुसार पुतलीसडक, मित्रपार्क, गौशाला, पुरानो बानेश्वर, कालीमाटीलगायत क्षेत्रमा भने निर्माणको क्रम जारी रहेको छ । केही ठाउँमा नयाँ बत्ती राखिने र केही ठाउँमा पुनानै जडान भएकालाई मर्मत गरेर सञ्चालन गर्ने गौतमले बताउनुभयो ।

उपत्यकाका अत्यावश्यक ३० देखि ३५ स्थनमा पहिलोचरणमा लाइट जडान गरिने विभागले जनाएको छ । अत्याधुनिक प्रविधिसहितको ‘इन्टेलिजेन्स ट्राफिक लाइट’का विषयमा समेत आवश्यक छलफल अगाडि बढाएको विभागले जनाएको छ ।

एक चरण ट्राफिक प्रहरी र सडक विभागका प्रतिनिधिबीच छलफल भएर यसका लागि प्रक्रिया अघि बढेको जानकारी दिँदै गौतमले यो प्रविधि उच्चस्तरको भएकाले केही वर्ष लाग्ने हुँदा तत्कालका लागि भने पुरानैलाई मर्मत गरेर वा सोही क्षमताका लाइट राख्न थालिएको जानकारी दिनुभयो ।

उपत्यकाको कुन कुन ठाउँमा ट्राफिक लाइट राख्ने हो सो विषयमा जानकारी माग गरेपछि महानगरीय ट्राफिक प्रहरी महाशाखाले प्राथमिकताको आधारमा लाइट राख्ने स्थान तय गरेर सडक विभागमा बुझाएको महाशाखाका प्रवक्ता एवं प्रहरी उपरीक्षक जयराज सापकोटाले जानकारी दिनुभयो ।

सडक विभागले तीन वर्ष अघि गरेको अध्ययन प्रतिवेदनलाई नै आधार मानेर प्राथमिकीकरण गरी मन्त्रालयमा पेश गरिएको उहाँको भनाइ छ ।

सडक विभागको प्रतिवेदनमा उपत्यकाको १३९ स्थानमा ट्राफिक लाइट राख्नुपर्ने उल्लेख छ । त्यसलाई प्राथमिकीकरण गरी पहिलो चरणमा अत्यावश्यक देखिएको मुख्य चोकको ३५ स्थानमा बत्ती राख्नुपर्ने आवश्यकता रहेको भनी लेखेर पठाएको महाशाखा प्रवक्ता सापकोटाले जानकारी दिनुभयो ।

दोस्रो चरणमा ३८ स्थान र तेस्रो चरणमा ७० स्थानमा बत्ती राख्ने निष्कर्षसहित प्रक्रिया अघि बढेको महाशाखाको भनाइ छ । “अब अत्याधुनिक ट्राफिक बत्ती राख्ने विषयमा प्रक्रिया शुरु भयो, सापकोटाले भन्नुभयो, “मन्त्रालयले यकिन गरेपछि वोलपत्र आह्वानतर्फ जान्छ ।”

अहिले उपत्यकाको एक केही स्थानबाहेकका क्षेत्रमा ट्राफिक बत्ती छैन । जसका कारण ट्राफिक प्रहरीले हातको सङ्केतले यातायात आवागमनको व्यवस्थापन गर्दै आएको छ ।

दुईपट्टि प्रहरी बस्दा एक जनाले जान सङ्केत गर्ने र अर्काेले रोक्न सङ्केत गर्ने अवस्थासमेत दोहोरिने हुँदा मनवीय नियन्त्रणले दुर्घटनाको जोखिम बढ्छ ।
प्रहरीका अनुसार उपत्यकाका २० स्थानमा ट्राफिक लाइट जडान छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

समयमै बजेट नपुग्ने जोखिम, ६४ पालिकाले मात्र बजेट सार्वजनिक

कोलम्बियाले एक खेलअगावै अन्तिम ३२ को यात्रा तय गर्‍यो, चम्किए मुनोज

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

समयमै बजेट नपुग्ने जोखिम, ६४ पालिकाले मात्र बजेट सार्वजनिक

पाकिस्तान र इरानद्वारा द्विपक्षीय सम्बन्ध सुदृढीकरण र क्षेत्रीय शान्तिका लागि प्रतिवद्धता व्यक्त

इरानी राष्ट्रपति पेजेस्कियान पाकिस्तान भ्रमणमाः द्विपक्षीय र क्षेत्रीय मुद्दामा छलफल हुने

विश्वमञ्चमा अमेरिकाप्रतिको अस्ट्रेलियाली विश्वास ऐतिहासिक रूपमा घट्यो

एचआईभी विरुद्धको अभियानलाई तिब्रता दिन संयुक्त राष्ट्रसंघका महासचिवको आह्वान

हंगेरी शिखर सम्मेलनः भिसेग्राद समूहद्वारा क्षेत्रीय सहयोग र समन्वय सुदृढ गर्ने प्रतिवद्धता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group