ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

यूएस बंगला जहाज दुर्घटनाको दोष पाइलटलाई, तनाव दबाउन धूमपान


एबीसी न्यूज
१५ माघ २०७५, मंगलबार   ८ : १९   बजे

काठमाडौँ, १५माघ।  चालकदलका चार सदस्यसहित ५१ जनाको ज्यान गएको यूएस बंगला विमान दुर्घटना जाँच गर्न गठन गरिएको आयोगले उक्त घटना हुनुमा मुख्य कारण विमानकै कमान्डर पाइलट अविद सुल्तानलाई दोषी देखाएको छ ।

२ घण्टा लामो उडानलाई अवतरण गराउने क्रममा फागुन २८ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र भएको उक्त दुर्घटनामा विमानका ५२ वर्षीय क्याप्टेन सुल्तान तनाव तथा भावनात्मक रूपमा विचलित रहेको प्रतिवेदनमा उल्लेख छ ।

बमबार्डियर कम्पनीको क्यू–फोर–हन्ड्रेड विमानका प्रशिक्षक पाइलटसमेत रहेका उनलाई आफ्नै महिला सहकर्मीले आत्मसम्मानमाथि प्रश्न गरेकाले उनी दुःखी रहेको उल्लेख गरिएको छ । यो कुरा उनले ककपिटमा उडानका क्रममा छेउको कोपाइलट सिटमा बसेकी सहकर्मी पृथुला रसिदलाई सुनाएको अडियो दुर्घटना जाँच आयोगका सदस्यहरूले सुनेका छन्।

उनकी सहकर्मीले बंगलादेशमै छँदा उनको क्षमता तथा प्रतिष्ठामा प्रश्न गरेको संवाद ककपिटमा उनलाई विचलित बनाउने विषय बनेको छ । ६७ यात्रु बोके रढाकाबाट आएको उक्त उडानमा क्याप्टेनले इन–रुटमा रहेका बेला तनाव दबाउन धूमपान पनि गरेको भेटिएको छ । ‘विमानमा धूमपान गर्न पाइँदैन ।

यूएस बंगलामा पनि धूमपान निषेधको नीति थियो। उक्त उडानमा पाइलटले धूमपान गरेका थिए,’ ६ सदस्यीय आयोगले ककपिट भ्वाइस रेकर्डर सुनेर प्रतिवेदनमा लेखेको छ । कान्तिपुरबाट

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा महाधिवेशन: पदाधिकारीको निर्वाचन छोडेर फर्किन थाले प्रतिनिधि

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : आपत्काल घोषणा, भवनहरू ढले, मृतक र घाइतेको संख्या बढ्ने आशंका

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group