ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

संसद बैठक बस्दै , सांसदले दर्ता गराएको प्रश्नको मन्त्रीहरुले जवाफ दिने


admin
२३ माघ २०७५, बुधबार   ९ : ४८   बजे

काठमाडौं, २३ माघ । संघीय संसदका दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको आज बस्ने बैठकमा ४ मन्त्रीले सांसदहरुको प्रश्नको जवाफ दिने कार्यक्रम छ ।

गृहमन्त्री रामबहादुर थापा बादल, अर्थमन्त्री युवराज खतिवडा, वनमन्त्री शक्तिबहादुर बस्नेत र महिला तथा बालबालिका मन्त्री थममाया थापाले सांसदहरुको प्रश्नको जवाफ दिनुहुनेछ । गृहमन्त्री थापाले निर्मला पन्त प्रकरणको विषयमा जवाफ दिनुहुनेछ । उहालाई कांग्रेस सांसद डिला संग्रौलाले निर्मला पन्तको हत्यारा पत्ता नलागेको विषयमा मौखिक प्रश्न दर्ता गराउनुभएको छ ।
तर, सांसदहरुले सम्बन्धित विषयमा पुरक प्रश्नसमेत सोध्न पाउने व्यवस्था संसद नियमावलीमा छ। त्यस्तै, थापाले भक्तपुरमा एघार वर्षीय बालक निशान खड्काको अपहरणपछि हत्या भएपछिको इन्काउन्टरको विषयमा पनि जवाफ दिने कार्यक्रम छ । इन्टाउनलाई ’फेक’ भएको आरोप लाग्ने गरेको छ । कांग्रेसकै सांसद देवेन्द्र कँडेलले यससम्बन्धी प्रश्न दर्ता गराउनुभएको थियो ।

अछामको मंगलसेनमा नमराज विष्टको हत्यारा पक्राउ नपरेको विषय र मोरङमा खानेपानी ट्यांकीमा विषादी मिसाइएको घटनाको अनुसन्धानको विषयमा पनि गृहमन्त्री थापाले जवाफ दिनुहुनेछ ।

अर्थमन्त्री खतिवडाले पनि कांग्रेस सांसद संग्रौलाकै प्रश्नको जवाफ दिनुहुनेछ । संग्रौलाले नेपालमा रहेका बहुराष्ट्रिय कम्पनीले आफ्ना कर्मचारी र डिलरलाई विदेश भ्रमणमा पठाउ“दा विदेशी मुद्रा बाहिरिएको र त्यसलाई रोक्न भइरहेको पहलको विषयमा प्रश्न दर्ता गनुभएको छ । खतिवडाले कांग्रेसकै अर्का सांसद दिलेन्द्रप्रसाद बडुको प्रश्नको पनि सामना गर्नुहुनेछ । बडुले स्थानीय तहमा बैंकको शाखा नपुगेको विषयमा प्रश्न दर्ता गराउनुभएको छ ।

वनमन्त्री बस्नेतले भने नेकपाकै सांसद खगराज अधिकारीको प्रश्नको सामना गर्नुहुनेछ । अधिकारीले पोखरामा प्राणी उद्यम बनाउने योजनाको विषयमा प्रश्न दर्ता गराउनुभएको छ । महिला तथा बालबालिका मन्त्री थापाले भने सांसद सरिता न्यौपानेको प्रश्नको जवाफ दिनुहुनेछ । न्यौपानेले हिंसापीडित महिलाका लागि सातै प्रदेशमा आवास निर्माणको प्रगति माग्नुभएको छ ।

यस्तै आजै बस्ने राष्ट्रिय सभा बैठकमा सत्य निरुपण तथा मेलमिलाप आयोग र वेपत्ता छानविन आयोग संशोधन विधेयक पारित हुने कार्यसूचि रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group