ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार


एबीसी न्यूज
८ असार २०८३, सोमबार   ८ : ५६   बजे

काठमाडौं । स्वागत ट्रेडिङ ग्रुपले काठमाडौंको दक्षिणढोकामा आफ्नो नयाँ शोरूम ‘शिवशक्ति बिजनेस हाउस’ सञ्चालनमा ल्याएको छ।

सोमबार आयोजित एक विशेष समारोहबीच नेपालका पूर्वप्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले शोरूमको उद्घाटन गरेका हुन्। कार्यक्रममा स्वागत ट्रेडिङ ग्रुपका सञ्चालक जगेश्वर यादव, व्यवसायी, ग्राहक तथा स्थानीयवासीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।कार्यक्रममा सञ्चालक जगेश्वर यादवले स्वागत ट्रेडिङ ग्रुपले २३ वर्षको सफल यात्रा पूरा गरी २४औँ वर्षमा प्रवेश गरेको जानकारी दिँदै दक्षिणढोकास्थित नयाँ शोरूम कम्पनीको छैटौँ आउटलेट भएको बताए।

ग्राहकको सुविधा र बढ्दो मागलाई मध्यनजर गर्दै नारायणटार–दक्षिणढोका क्षेत्रमा सेवा विस्तार गरिएको उनको भनाइ थियो।उनका अनुसार नयाँ शोरूममा कजारिया, प्राइम, हिन्डवेयर, ज्यागुआर, पञ्चकन्या, मार्बललगायत नौभन्दा बढी प्रतिष्ठित ब्रान्डका निर्माण सामग्री एकै छानामुनि उपलब्ध गराइएको छ।

कम्पनीले विभिन्न मूल्य र गुणस्तरका टायल्स, सेनेटरीवेयर, पाइपिङ सिस्टम, मार्बल, ग्रेनाइट तथा अन्य निर्माण सामग्री बिक्री गर्दै आएको जनाएको छ।‘हामीले विगत २४ वर्षदेखि उच्च गुणस्तरका ब्रान्डेड सामग्री उचित मूल्यमा उपलब्ध गराउँदै आएका छौँ। उपभोक्ताको आवश्यकता र बजेटअनुसार विविध विकल्प उपलब्ध गराउनु हाम्रो प्राथमिकता हो,’ यादवले भने।उद्घाटन समारोहलाई सम्बोधन गर्दै पूर्वप्रधानन्यायाधीश राउतले अन्तर्राष्ट्रियस्तरको शोरूम सञ्चालनमा आएकोमा शुभकामना व्यक्त गरे । उनले गुणस्तरीय सामग्री उपभोक्तासम्म पुर्‍याउने स्वागत ग्रुपको प्रयास प्रशंसनीय रहेको समेत बताए। शोरूममा नेपाली कला र संस्कृतिको झल्को समेटिएको देख्दा आफू प्रभावित भएको उनको भनाइ थियो।

‘हामीले आफ्नो मौलिकता र पहिचान कहिल्यै छोड्नु हुँदैन। व्यवसायीहरूले कानुन, विधि र सुशासनको पालना गर्दै व्यवसाय सञ्चालन गर्नुपर्छ। व्यवसाय र व्यापार समृद्ध भए मुलुकको समृद्धिमा समेत महत्वपूर्ण योगदान पुग्छ,’ उनले भने।कम्पनीका अनुसार नयाँ शोरूममार्फत ग्राहकलाई टायल्स, सेनेटरीवेयर, फिटिङ्स, पाइप तथा पाइप फिटिङ्स, मार्बल र बहुमूल्य ग्रेनाइटहरू प्रतिस्पर्धी मूल्यमा उपलब्ध गराइनुका साथै डिजाइन परामर्श तथा घरदैलो सेवासमेत प्रदान गरिनेछ।स्वागत ट्रेडिङ ग्रुपले आगामी दिनमा पनि गुणस्तरीय ब्रान्डेड निर्माण सामग्री प्रतिस्पर्धी मूल्यमा उपलब्ध गराउने प्रतिबद्धता दोहोराएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

सम्बन्धित

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group