
ओखलढुङ्गा,२४ माघ । ओखलढुङ्गामा अंशबण्डाको विवाद हुदाँ आफ्नै बुहारीले ससुरालाई फलामको ढुंग्रोले हानेर हत्या गरेकी छन् ।
ओखलढुङ्गाको सिद्धिचरण नगरपालिकाकी ३० वर्षिया तारा गुरुङले ७० वर्षीय ससुरा रामकाजी गुरूङलाई फलामको ढुंग्रोले हानेर हत्या गरेकी हुन् । तारादेवीलाई बिहिबार बिहान रुम्झटार विमानस्थलमा सुरक्षा गार्डका लागि खटिएका प्रहरी टोलीले पक्राउ गरेको छ ।
घटनाको सूचना पाएपछि आरोपीलाई नियन्त्रणमा लिन विमानस्थल सुरक्षा लागि खटिएका प्रहरी पुगेका हुन् । जिल्ला प्रहरी कार्यलय ओखलढुङगाले थप अनुसन्धान गरिरहेको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्