
सिन्धुली,२४ माघ । सिन्धुलीमा यात्रुबाहक जीप दुर्घटना हुँदा पाँचजनाको मृत्यु भएको छ। सिन्धुलीको फिक्कल गाँउपालिका–२ चण्डीभञ्ज्याङमा बोलेरो जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको हो । अन्य सात जना घाइते भएका छन् ।
जिल्लाकै महादेवडाँडाबाट १२ जना यात्रु बोकेर सदरमुकाम सिन्धुलीमाढीतर्फ आउँदै गरेको बा १५ च ९४२२ नम्बरको जीप बिहान ९:३० बजेतिर अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
प्रहरीका अनुसार ज्यान गुमाउनेहरुमा फिक्कल गाँउपालिका वडा नं. २ निवासी ५५ वर्षीया तीलमाया विक, ६५ वर्षीय कुनमान तामाङ, ४० वर्षीया लक्ष्मी विक, २५ वर्षीया अनिता महत र वडा नं. ३ निवासी ३५ वर्षीया शान्तिमाया श्रेष्ठ रहेका छन् ।
दुर्घटनाका गम्भीर घाइतेहरु चालक मानबहादुर सुनुवार, गंगामाया विक र दिपक श्रेष्ठलाई उपचारका लागि धुलिखेल अस्पताल पठाइएको छ । अन्य चार जना यात्रु भने सामान्य घाइते रहेका प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्