ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सिन्धुलीमा चट्याङ लागेर दुई घाइते


admin
२६ माघ २०७५, शनिबार   १ : ३२   बजे


सिन्धुली, २६ माघ । सिन्धुलीमा आज पानी, हावाहुरीसँगै परेको चट्याङ लाग्दा दुईजना घाइते भएका छन् । कमलामाई नगरपालिका– ५ चिसापानी झोरा निवासी २१ वर्षीय रवि श्रेष्ठ र १० वर्षीया प्रज्ञा श्रेष्ठ घरमा बसिरहेका बेला चट्याङ लागेर घाइते भएको जिल्ला प्रहरी कार्यलय सिन्धुलीका प्रहरी उपरीक्षक चक्रबहादुर सिंहले जानकारी दिनुभयो । 

अहिले घाइतेलाई उपचारका लागि सिन्धुली अस्पतालमा ल्याइएको छ । दुवैजनाको हात र ढाडमा चोट लागेको र उनीहरुको अवस्था सामान्य नै रहेको उहाँले जानकारी दिनुभयो । 

सिन्धुलीमा बिहानैदेखि, हावाहुरी, केही स्थानमा असिना पानी परिरहेको छ । मेघ गर्जनसहित जिल्लाका धेरै भू–भागमा पानी परेको भएपनि क्षतिको भने अहिलेसम्म कतैबाट जानकारी नआएको उहाँले जानकारी दिनुभयो । 

यता लामो समयपछि वर्षा भएपछि हिँउदेबालीका कृषक उत्साहित भएका छन् । वर्षाले हिउँदे बालीलाई केही राहत मिल्ने भएको छ । आकाशे सिँचाइको भरमा परेका किसानले यसवर्ष समयमा नै मकै रोप्न पाउनेमा खुशी भएका छन् । 

सिँचाइको सहजता नभएका पाखो खेतीमा मकै रोप्नलाई उपयुक्त समयमा पानी परेको किसानको भनाइ छ । लामो समयदेखि वर्षा नहुँदा खानेपानीका मुहानसुक्न लागेको अवस्थामा समेत अब पानीका मुहान केही दिन रसाउने भएपछि स्थानीयवासी खुशी भएका छन् । 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा महाधिवेशनको प्रभाव: प्रतिनिधिसभा बैठक फेरि स्थगित

रास्वपा पदाधिकारीको प्रारम्भिक सूची सार्वजनिक, १ महामन्त्रीका लागि ९ जना मैदानमा

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu