ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रदेशसभा नियमावली संशोधन मस्यौदा समिति गठन प्रस्ताव पारित


admin
२९ माघ २०७५, मंगलबार   ४ : ०८   बजे

विराटनगर, २९ माघ ।  प्रदेश नं १ प्रदेशसभाको आजको बैठकमा प्रदेशसभा नियमावली संशोधन मस्यौदा समिति गठन गरियोस् भनी प्रस्ताव पारित भएको छ । 

प्रदेशसभा नियमावली, २०७४ को नियम २०२ (३) बमोजिम प्रदेशसभा सदस्य बुद्धिकुमार राजभण्डारीले दर्ता गराउनुभएको सो संशोधन प्रस्तावको समर्थकमा प्रदेशसभा सदस्य शिवनारायण गुरागार्इं रहनुभएको छ । 
‘प्रदेश भवन सम्बन्धमा व्यवस्था गर्न वनेको विधेयक–२०७५’ सदनमा विचार गरियोस् भनी प्रस्ताव सर्वसम्मतिले पारित भएको छ ।

प्रदेश नं १ को प्रदेशसभा नियमावली, २०७४ को नियम ९३ (१) बमोजिम आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले सो प्रस्ताव पेश गर्नुभएको थियो । 

मन्त्री कार्कीले शून्य समयमा प्रदेशसभाका सदस्यले उठाउनु भएका विषयमा जवाफ दिँदै सीमा क्षेत्रमा हुने आपराधिक गतिविधि र लागुऔषध ओसारपसारलाई नियन्त्रण गर्न भ्याएसम्मको जनशक्ति परिचालन गरिसकेको जानकारी दिनुभयो ।  

उहाँले टिपर सञ्चालनलाई व्यवस्थित गरी नियमन गर्ने बताउँदै आक्रोश र भिडन्तले समस्या समाधान नहुने र यसका लागि वार्ता नै उपयुक्त हो भन्नुभयो । प्रदेश नं १ मा रहेका करिव १०० नदी तथा खहरे खोलालाई नियन्त्रण गर्न प्रदेश सरकार आवश्यक गृहकार्यमा जुटेको बताउँदै मन्त्री कार्कीले मापदण्ड विपरीत नदी उत्खन्न कार्यलाई पूर्ण रुपमा रोक लगाउने कुरामा जोड दिनु भयो । प्रदेशसभाको अर्को बैठक फागुन २ गते दिउँसो १ बजे बस्नेछ । 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रसुवा बाढीका २२ घाइते ट्रमा सेन्टरबाट डिस्चार्ज, ९ जनाको उपचार जारी

भोटेकोशी बाढी : ५४७ शव फेला

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu