ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गोकर्णेश्वर–गुह्येश्वरी खण्डको सौन्दर्यीकरण अवरुद्ध


admin
२९ माघ २०७५, मंगलबार   ४ : १९   बजे

काठमाडौं,२९ माघ । कागेश्वरी मनोहरा र गोकर्णेश्वर नगरपालिकाका वाग्मती पीडित किसानले तीन दिनदेखि गुह्येश्वरी–गोकर्णेश्वर मन्दिर क्षेत्रमा जारी नदी सौन्दर्यीकरणका काम रोकेका छन् । 

विसं २०२१ को नापीमा किसानका नाममा दर्ता भएको कागेश्वरी मनोहरा र गोकर्णेश्वर नगरपालिकास्थित गोठाटार पुल आसपासका स्थानीयवासीको १८८ रोपनी जग्गा २०५३ सालमा पानी शुद्ध बनाउने भन्दै वाग्मतीमा पारिएको थियो । तत्कालीन शाही नेपाली सेनालाई नदी किनारमा परिचालन गरी पुर्जा भएको जग्गा नदीमा हालिएको पीडित किसानको गुनासो छ । 

यसबाट हातमा लालपुर्जा भएका २०० किसान पीडित बनेका छन् । जग्गा नदीमा परेपछि २२ वर्षदेखि किसानले विभिन्न विरोधका कार्यक्रम गर्दै आएका छन् । त्यही जग्गामा हाल किसानलाई मुआब्जा नदिई सौन्दर्यीकरणको काम शुरु भएको भन्दै माग पूरा नभएसम्म रोकिएको वाग्मती पीडित सङ्घर्ष समितिका अध्यक्ष निरञ्जन पुडासैनीले बताउनुभयो । 

समितिमा आबद्ध पीडित किसानले गुह्येश्वरीस्थित सौन्दर्यीकरणको काम गर्ने ठेक्का पाएको कालिका कन्स्ट्रक्सन साइड कार्यालयमा कालो ब्यानर राखी धर्नामा बसेका छन् । अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले यस अघि २०५३, २०६६, २०६७, २०७४ र गत मङ्सिरमा किसानसँग गरिएको सम्झौता कार्यान्वयन नगरी दुःख दिएको पीडितको भनाइ छ । 

दुवै नगरपालिकाका दाहाल, पुडासैनी, आचार्य, रिजाल, बराल, तामाङ र श्रेष्ठ बन्धु समाजका किसान वाग्मती पीडित बनेका छन् । पीडितले फागुन २ गते बिहान जनप्रतिनिधिसँग छलफल गरी अघि बढ्ने जनाइएको छ । छलफलमा काठामाडौँ निर्वाचन क्षेत्र नं २ र ३ का सांसद, प्रदेशसभा सदस्य एवं नगरपालिकाका प्रमुख, उपप्रमुखलगायतको सहभागिता रहने जनाइएको छ । 

मङ्सिर १० गते अधिकार सम्पन्न वाग्मती समितिका अध्यक्ष र आयोजना प्रमुखले पीडित किसानलाई मुआब्जा दिएर मात्र सौन्दर्यीकरणको काम अघि बढाउने सम्झौता गर्नुभएको थियो । त्यसअनुसार मङ्सिर १२ गते २२ वर्षको बाली लिन आउनु भनी पीडितका नाममा गोरखापत्र दैनिकमा सार्वजनिक सूचना प्रकाशित गरिएको थियो । 

यसलाई गत मङ्सिर १६ गतेको अधिकार सम्पन्न वाग्मती समितिको बोर्ड बैठकले अनुमोदन गरे पनि अहिलेसम्म बाली र मुआब्जा वितरणको प्रक्रियासमेत शुरु हुन नसकेको पीडित किसानको गुनासो छ । राज्यका उच्च अधिकारीसमेत संलग्न भएका विभिन्न समयका आयोगले २०२१ सालको नापनक्सा खडा भएको सबै जग्गाको मुआब्जा दिने निर्णय भएको समितिले जनाएको छ । 

अधिकार सम्पन्न वाग्मती समितिका वरिष्ठ डिभिजनल इञ्जिनीयर प्रभात श्रेष्ठ बोर्डबाट निर्णय गरी शहरी विकास मन्त्रालयमा मुआब्जा वितरणसम्बन्धी प्रस्ताव पेश गरिएको बताउनुहुन्छ । मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्ले निर्णय गरेपछि मुआब्जा वितरण हुने जनाइएको छ । 

एसियाली विकास बैंकका आर्थिक सहयोगमा नदी सौन्दर्यीकरणको काम भइरहेको हो । माघ १९ गते काम सकिनुपर्ने भए पनि बीचमा भएको बन्द, निर्वाचनलगायतले दुई महीना म्याद थपिएको आयोजनाले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

टर्कीसँग पराजित भए पनि समूह विजेता बन्यो अमेरिका, इन्जुरी समयमा टर्कीको सान्त्वना जित

रास्वपाको महाधिवेशनबाट निर्वाचित ९९ सदस्ययहरुको मतसहितको आधिकारिक सूची, कसले कति मत पाए?

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu