ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पोखराको लेकसाइडमा बालक हत्याका आरोपित पक्राउ


admin
२९ माघ २०७५, मंगलबार   ७ : १४   बजे


चिप्लेढुङ्गा, २९ माघ  ।  पोखराको लेकसाइडमा सोमबार मध्यरातमा १४ वर्षीय सचिन सिञ्जालीको हत्या आरोपित युवक पक्राउ परेका छन् । 
पाल्पा घर भई लेकसाइडमा बस्दै आएका सचिनको उनकै साथीले हत्या गरेको खुल्न आएको छ ।

उनलाई आफ्नै साथी बेनी काले भनिने २१ वर्षीय कुमार गर्बुजाले आफूले हत्या गरेको प्रहरीसमक्ष स्वीकारेका छन् । आरोपितलाई जिल्ला प्रहरी कार्यालय कास्कीले पत्रकार सम्मेलनमार्फत आज सार्वजनिक गरेको हो । हल्लनचोकस्थित निर्माणाधीन एक भवनमा सिञ्जालीको हत्या गरिएको अवस्थामा शव फेला परेको थियो ।

प्रहरीलाई आज बिहान २.३० बजे घटनाका बारेमा जानकारी गराइएको थियो । वडा प्रहरी कार्यालय बैदामका प्रमुख नवीन कार्कीसहितको प्रहरी टोलीले घटनास्थललाई सुरक्षित राखेर अनुसन्धान शुरु गरेलगत्तै हत्या आरोपित पक्राउ पर्न सफल भएको हो । 

सचिनको शव परीक्षणका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा छ । सचिनका बुबाआमाबीच सम्बन्ध राम्रो नभएकाले अलग अलग बस्दै आएका छन् । आमा लेकसाइडमा स्पा सञ्चालन गर्छिन् भने बुबाले फ्रेस हाउस सञ्चालन गर्दैआएका छन् । सचिन हजुरआमा र आमासँगै बस्दै आएका थिए । 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रसुवा बाढीका २२ घाइते ट्रमा सेन्टरबाट डिस्चार्ज, ९ जनाको उपचार जारी

भोटेकोशी बाढी : ५४७ शव फेला

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu