ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ असार २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जबर्जस्ती करणी गर्न खोजेको आरोपमा खड्कबहादुर पक्राउ


admin
२ फाल्गुन २०७५, बिहिबार   ७ : ५९   बजे


डोटी, २ फागुन । डोटी जिल्लाको जोरायल गाउँपालिका–४ घाड भन्ने गाउँका ‘हिरे’ भनेर चिनिने ४८ वर्षीय खड्कबहादुर मगरलाई प्रहरीले पक्राउ गरेको छ । 

उनले १५ वर्षीया एक किशोरीलाई जबर्जस्ती करणी गर्न खोजेकोे आरोपमा प्रहरीले पक्राउ गरेको हो । घरमा एक्लै भएको मौका छोपी सोमबार राति करीब १० बजेको समयमा जबर्जस्ती करणी गर्न खोजेको पीडित पक्षले इलाका प्रहरी कार्यालय जोरायलमा जाहेरी दिएपछि प्रहरीले उनलाई आज पक्राउ गरेको हो । पक्राउ परेका मगर र पीडित किशोरीलाई जिल्ला प्रहरी कार्यालय डोटीमा ल्याइएको छ । 

पीडित बालिकाको बयानका आधारमा उनको घरमा सुत्ने ठाउँ नजिकै सानो झ्याल भएको र सोही झ्यालबाट आफ्नो संवेदनशील अङ्गमा हात हालेको बताएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक लालबहादुर धाँमीले बताउनुभयो । 

यस विषयमा आरोपित खड्कबहादुर मगरले आफ्नो घरमा फिरन्ते व्यापारी चार जना जुम्ली आएको र उनीहरुले लोकल कुखुरा खाने भनेपछि उनलाई ब्युँझाउन झ्यालबाट हात हालेको बताएको प्रहरी प्रवक्ता तथा धाँमीले जानकारी दिनुभयो । घटनाबारे आवश्यक अनुसन्धान भइरहेको र अनुसन्धानपछि आरोप प्रमाणित भए मुद्दा चलाइने डोटी प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आउँदो बुधवारदेखि देशैभर राम्रो वर्षाको सम्भावना, धान रोपाइँका लागि अर्को हप्ता उपयुुक्त

रास्वपा पतन हुनेवाला छ, अबको विकल्प राप्रपा होस् राजेन्द्र लिङ्देन

सम्बन्धित

मानव अधिकार आयोगसँग ओलीले मागे ‘जेनजी’ आन्दोलनको प्रतिवेदन

महँगोमा मल खरिदको सम्झौता, कृषि सामग्री कम्पनीभित्रै उठ्यो प्रश्न

काठमाडौँमा सामूहिक ‘कुमारी पूजा’ (तस्बिरहरू)

अरनिको राजमार्ग राति बन्द गरिने

ठगी अभियोगमा एन्फाका पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ

नयाँ नेतृत्व र नीति तय गर्दै सकियो रास्वपाको पहिलो महाधिवेशन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu