ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सोह्र थान कौडासहित २३ जुवाडे पक्राउ


एबीसी न्यूज
३ फाल्गुन २०७५, शुक्रबार   ८ : ५०   बजे
This image has an empty alt attribute; its file name is card.jpg


भरतपुर, ३ फागुन । जिल्ला प्रहरी कार्यालय चितवनको प्रहरी टोलीले विहीबार राति जुवा खेलिरहेको अवस्थामा रकमसहित जुवाडे पक्राउ गरेको छ । प्रहरीले रु नौ लाख ३२ हजार ८१३ नगदसहित २३ जुवाडेलाई पक्राउ गरेको हो । उनीहरुको साथबाट १६ थान कौडासमेत बरामद गरिएको छ । 

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी निरीक्षक चिनीमाया तामाङको कमाण्डमा गएको प्रहरी टोलीले भरतपुर महानगरपालिका–११ भोजाडस्थित छिन्केश्वरी टोलबाट उनीहरुलाई पक्राउ गरेको हो । छिन्केश्वरी टोलका एक व्यक्तिको घरको दोस्रो तलामा कौडा खेलिरहेको भन्ने विशेष सूचनाका आधारमा राति साढे ११ बजे छापा मारेर उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले जानकारी दिनुभयो । पक्राउ पर्नेहरु चितवन, तनहुँ र गेरखाका रहेका छन् । उनीहरु पेशेवर रूपमा कौडा खेल्ने गरेको अनुसन्धानबाट खुलेको राठौरले बताउनुभयो । विहीबार दिउँसो गोरखासमेत पुगेर जुवा खेलेका उनीहरु प्रणय दिवस (भ्यालेनटाइन डे)को अवसर भन्दै भरतपुरमा आएर कौडा खेलेको राठौरले बताउनुभयो । 

उनीहरुलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको र सबैलाई जुवा ऐनअन्तर्गत कारवाही गरिने राठौरले जानकारी दिनुभयो । जिल्ला प्रहरी कार्यालय चितवनले गएको दशैँ÷तिहारको समयमा मात्रै १२० जुवाडेलाई नियन्त्रणमा लिएर मुद्दा चलाएको थियो । 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

महाधिवेशन बिचमै छाडेर काठमाडौँ फर्कियो बालेनको टिम

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group