ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राष्ट्रिय समाचार समितिको बार्षिक उत्सव प्रदेशमा पनि


sharan sharan
७ फाल्गुन २०७५, मंगलबार   ९ : २६   बजे


बुटवल, ७ फागुन । राष्ट्रिय समाचार समिति(रासस)लाई समय सापेक्ष र गुणस्तरिय संस्थाको रुपमा विकास गर्न आवश्यक रहेको सरोकारवालाहरुले बताएकाछन् ।
राष्ट्रिय समाचार समिति(रासस) प्रदेश नं ५ ले आज बुटवलमा आयोजना गरेको ५८ औं वार्षिकोत्सव तथा पुरस्कार वितरण समारोहमा उनीहरुले राससले प्रादेशिक संरचनामा लैजान ढिला गर्न नहुने बताउंदै राससले प्रादेशीक बुलेटिन प्रकाशन गर्नु सुझाव समेत दिएका छन । समारोहमा बोल्दै प्रदेश ५ सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री कुल प्रसाद केसीले नीजि क्षेत्रका मीडिया र राष्ट्रिय समाचार समितिबीचको सहकार्यले मिडियाको विकास हुने उल्लेख गर्दै संघीय मोडेलमा प्रवेश गरेपछि यसको प्रभावकारीता वढने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले सञ्चार सम्वेदनशिल क्षेत्र भएकोले सफलता र असफलताको निक्र्यौल मीडियाले गर्ने धारणा व्यक्त गर्दै राससलाई गुणात्मक उचाईमा लैजान आवश्यक भएको बताउनुभयो ।
प्रदेश नम्बर ५ प्रदेशसभामा बिपक्षीदलका नेता बलदेव शर्मा पोखरेलले निष्पक्ष पत्रकारितागर्न संचारमाध्यमलाई सुझाव दिनुभयो । उहाँले निष्पक्ष पत्रकारीतालेनै समाजलाई सहि दिशातर्फ डोर्याउने बताउंदै संचारमाध्यम जिम्मेवार हुनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा राससको प्रदेश नं ५ का विभिन्न जिल्लामा कार्यरत चार स्थानिय समाचारदातालाई पुरष्कृत गरिएको छ । पुरस्कृत पत्रकारहरुलाई जनही रु. ५ हजार नगद सहित प्रमाणपत्र प्रदान गरिएको थियो । पुरस्कृत हुनेमा फोटोतर्फ उत्कृष्ट रुपन्देही लुम्बिनीका नरेश केसी, श्रव्यदृश्यतर्फ उत्कृष्ट पाल्पा बेझाडकी शुसिला रेग्मी, तथा उत्कृष्ठ रिपोटीङमा दाङ घोराहीकी रिता लामा र उत्कृष्ठ आलेखमा दाङ नारायणपुरका नविन नेपाली छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा महाधिवेशनमा मतदान जारी

कोलम्बियामा ट्रम्प समर्थित दक्षिणपन्थी करोडपति उम्मेदवारको जित, वामपन्थी इभान सेपेदाले स्वीकारे हार

सम्बन्धित

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

महाधिवेशन बिचमै छाडेर काठमाडौँ फर्कियो बालेनको टिम

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group