ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मन्त्री अधिकारीको सपना पूरा गर्छु: प्रमुख रेनु दाहाल


admin
१७ फाल्गुन २०७५, शुक्रबार   ३ : १९   बजे

चितवन, १७ फागुन । पछिल्लो एक महीनाको अवधिमा पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीले आफैँ भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाललाई छ पटक टेलिफोन गर्नुभयो । 

मन्त्री अधिकारीको सपना थियो भरतपुर विमानस्थल जसरी पनि विस्तार गर्ने र ठूला विमानसहित रात्रिकालीन उडान भर्ने तर सो सपना पूरा हुन नपाउँदै बुधबार उहाँको स्वर्गारोहण भयो । मन्त्री अधिकारीको सोे सपना पूरा गर्न महानगरप्रमुख दाहाल आफै लागिपर्ने बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ “ मन्त्री अधिकारीको चासो, चिन्ता र हाम्रो आवश्यकता पूरा गर्न अब हामी लाग्नुपर्छ ।

नगरप्रमुख दाहाल भन्नुहुन्छ, “१५ दिनयता उहाँ स्वयंले मलाई पाँच-छ पटक टेलिफोन गर्नुभयो । विमानस्थल विस्तारका लागि रक्षा मन्त्रालयसँग पनि लगभग सहमति भएको बताउनु भएको थियो ।” 

उहाँ जोड दिनुहुन्छ, “मन्त्रीज्यूले यो विमानस्थल विस्तार गर्न चासो देखाउँदै प्राधिकरणका उपमहानिर्देशकको नेतृत्वमा एक टोली समेत पठाउनु भएको थियो ।” दाहालका अनुसार मन्त्री अधिकारीले पटक पटकको टेलिफोनमा जसरी पनि विमानस्थल विस्तार गर्नुपर्नेमा जोड दिँदै आवश्यक निर्णय र कागजपत्र पठाउन सुझाव पनि दिनुभएको थियो । 

मन्त्रीको चासो र चिन्ता देखेर आफूलाई पनि काम गर्न उत्साह मिलेकामा यस दुखद घटनाले उहाँको यो सपनालाई पूरा गराउन आफू लागिपर्ने महानगरप्रमुख दाहालको भनाइ छ । 

भरतपुर विमानस्थलको धावनमार्गको पूरै भाग प्रयोग गर्न नमिले पनि यो विमानस्थललाई तराईको लुक्ला भनेर चित्रण गरिँदै आए पनि समय समयमा विमान उडान र अवतरणमा समस्या देखिँदै आएको छ । गत माघ १९ गते मन्त्री अधिकारी विमानबाट यहाँ अवतरण गर्न खोज्दा कठिन भएको थियो । विमानले दिशा परिवर्तन गरी अवतरण गर्नुपरेको थियो । 

नागरिक उड्डयन प्राधिकरण भरतपुर शाखा प्रमुख पवनकुमार गौतमका अनुसार विमान अवतरण गर्न नसकेपछि मन्त्री अधिकारीले पछिल्लो समयमा चितवन आउँदा निकै डर लागेको बताउनुभएको थियो । मन्त्रीलाई उद्धृत गर्दै उहाँ भन्नुहुन्छ, “मेरै छाती ढक्क फुल्यो, जसरी पनि विमानस्थलको विस्तार गर्नुपर्छ ।” 

सोही समयमा मन्त्री अधिकारीको उपस्थितिमा महानप्रमुखसहित सुरक्षा निकायको संयुक्त बैठकमा उहाँले विमानस्थल विस्तारका लागि निर्देशन दिनुभएको थियो । सोहीअनुसार प्राधिकरणका उपमहानिर्देशकको नेतृत्वमा एक टोलीले स्थलगत अध्ययन पनि गरेको थियो । 

विमानस्थल निर्माणका लागि तत्काल र दीर्घकालीनरुपमा गर्नुपर्ने विषय छुट्याएर कामसमेत अघि बढाइएको शाखा प्रमुख गौतम बताउनुुहन्छ । मन्त्री अधिकारीले भरतपुर विमानस्थल नजिकै रहेको सैनिक गण हटाएर भए पनि धावनमार्ग विस्तार गर्नुपर्ने सुझव दिनुभएको उहाँको भनाइ छ । मन्त्री अधिकारी काठमाडौँ फर्किएपछि पछिल्लो समय आफूसँग पनि निरन्तर फोन सम्पर्क भएको शाखा प्रमुख गौतम जानकारी दिनुहुन्छ । 

जहाज अवतरण गर्ने क्षेत्रमा अग्ला घर र संरचना बनेपछि अवतरण र उडानमा अवरोध हुँदै आएको छ । उहाँका अनुसार हाल धावनमार्ग एक हजार २०० मिटर लामो भए पनि संरचनाको अवरोधले ९०० मिटर मात्र प्रयोग गर्नुपरको छ । धावनमार्ग पूरा प्रयोग गर्न नपाउँदा जहाजलाई सहज उडान र अवतरण गर्न कठिन हुनाका साथै सिट क्षमता अनुसारको यात्रु बोक्न पनि कठीन हुँदै आएको छ ।

सहज रूपले उडान र अवतरण हुन नसक्दा विमानका पाटपुर्जामा समेत असर पारेको गुनासो आएको छ । विमानस्थल जोखिममा रहेकाले विस्तार गर्न नसकेमा बन्द गर्नुपर्ने अवस्था आएपछि सरोकार पक्ष विमानस्थल विस्तारका लागि सकारात्मक रुपमा अघि बढेको शाखा प्रमुख गौतम बताउनुहुन्छ । 

विमानस्थल विस्तारका लागि नेपाली सेनाको गण र घोडा प्रजनन केन्द्र स्थानान्तरण गर्ने तयारी भएकोे छ । यसका लागि ८०० देखि एक हजार मिटर धावनमार्ग थप गर्न सकिने भएको छ । 

विसं २०१५ मा उक्त विमानस्थल निर्माण गरिएकामा हवाई विभागले २०१८ साल मङ्सिर १२ गतेदेखि हवाई उडान थालेको थियो । नारायणगढ–मुग्लिन सडकखण्ड निर्माणका समयमा निकै चाप ब्योहोर्नु परेको यस विमानस्थलबाट हाल नौ वटा उडान काठमाडौँका लागि र एउटा उडान पोखराका लागि गरिँदै आएको छ । विमानस्थलले दैनिक ७५० देखि ८०० लाई सेवा दिँदै आएको छ । 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

बेलायतमा राजनीतिक भूकम्प : प्रधानमन्त्री कियर स्टार्मरले दिए राजीनामाको घोषणा

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

बेलायतमा राजनीतिक भूकम्प : प्रधानमन्त्री कियर स्टार्मरले दिए राजीनामाको घोषणा

नेपालको सार्वभौमिकता र सीमा रक्षाका लागि ठोस कुटनीतिक पहल गर्न विज्ञहरूको सुझाव’

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group