ABC NEWS NEPAL | No.1 News channel of Nepal
२९ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बेलायतमा राजनीतिक भूकम्प : प्रधानमन्त्री कियर स्टार्मरले दिए राजीनामाको घोषणा


एबीसी न्यूज
८ असार २०८३, सोमबार   २ : २४   बजे

काठमाडौं/लण्डन— बेलायती प्रधानमन्त्री कियर स्टार्मरले सोमबार आफू प्रधानमन्त्री र लेबर पार्टीको नेताबाट राजीनामा दिने घोषणा गरेका छन्। सन् २०२४ को आम निर्वाचनमा लेबर पार्टीलाई ऐतिहासिक जित दिलाउँदै सत्ता नेतृत्वमा पुगेका स्टार्मरले दुई वर्षमै पद छाड्ने निर्णय गरेपछि बेलायती राजनीतिमा ठूलो हलचल उत्पन्न भएको छ।

डाउनिङ स्ट्रिटस्थित प्रधानमन्त्री निवास अगाडि सम्बोधन गर्दै स्टार्मरले प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्नु आफ्नो जीवनकै सबैभन्दा गर्विलो क्षण रहेको बताएका छन्। पत्नीका साथ नम्बर १० डाउनिङ स्ट्रिटबाट बाहिर निस्किएका स्टार्मरलाई उपस्थित समर्थक, कर्मचारी तथा मन्त्रीहरूले ताली बजाएर बिदाइ गरेका थिए।

सम्बोधनका क्रममा उनले सन् २०२४ मा डाउनिङ स्ट्रिट प्रवेश गर्दाको क्षण स्मरण गर्दै भने, “दुई वर्षअघि प्रधानमन्त्री निवासमा प्रवेश गर्नु मेरो जीवनको सबैभन्दा गर्विलो क्षण थियो। लाखौं मानिसको जीवनमा सकारात्मक परिवर्तन ल्याउने अवसरका लागि म राजनीतिमा आएको थिएँ।”

स्टार्मरले आफ्नो नेतृत्वमा लेबर पार्टीले सत्ता हासिल गर्न गरेको राजनीतिक यात्रा र पार्टी सुधारका प्रयासहरूबारे पनि चर्चा गरेका थिए। उनले पार्टीलाई पुनर्गठन गर्दै निर्वाचनमा ऐतिहासिक विजय हासिल गर्न सफल भएको दाबी गरे।

राजीनामाको औपचारिक घोषणा हुनुअघि नै डाउनिङ स्ट्रिटमा विशेष तयारी गरिएको थियो। प्रधानमन्त्रीको सम्बोधनका लागि पोडियम (लेक्टर्न) राखिएको थियो भने प्रधानमन्त्री कार्यालयका कर्मचारी तथा मन्त्रीहरू त्यहाँ भेला भएका थिए। बेलायतका उपप्रधानमन्त्री तथा वरिष्ठ क्याबिनेट सदस्यहरू पनि उक्त कार्यक्रममा उपस्थित थिए।

राजनीतिक विश्लेषकहरूले स्टार्मरको निर्णयलाई अप्रत्याशित र नाटकीय घटनाका रूपमा व्याख्या गरेका छन्। सन् २०२४ को निर्वाचनमा लेबर पार्टीलाई स्पष्ट बहुमत दिलाएर सत्तामा पुर्‍याएका स्टार्मरको नेतृत्वलाई त्यतिबेला आधुनिक लेबर राजनीतिको महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको थियो।

बीबीसीका राजनीतिक संवाददाता निक इर्डलीले टिप्पणी गर्दै भनेका छन्, “सामान्य निर्वाचनमा लेबरको विजय स्टार्मरको ठूलो उपलब्धि थियो। त्यसैले केवल दुई वर्षपछि उनी पदबाट बाहिरिनु निकै असाधारण घटना हो।”

स्टार्मरको राजीनामापछि अब लेबर पार्टीभित्र नयाँ नेतृत्व चयनको प्रक्रिया सुरु हुने अपेक्षा गरिएको छ। आगामी दिनहरूमा पार्टी नेतृत्वका लागि प्रतिस्पर्धा हुने सम्भावना रहेको छ भने नयाँ प्रधानमन्त्री चयनको प्रक्रिया पनि अघि बढ्नेछ।

स्टार्मरले राजीनामाको कारणबारे विस्तृत विवरण सार्वजनिक नगरे पनि उनको निर्णयले बेलायतको राजनीतिक भविष्य, सरकारको स्थायित्व र लेबर पार्टीको आगामी दिशा सम्बन्धी नयाँ बहस सुरु गरेको छ। अहिले सम्पूर्ण बेलायती राजनीतिक वृत्तको ध्यान अब लेबर पार्टीको नयाँ नेतृत्व र आगामी सत्ता हस्तान्तरण प्रक्रियातर्फ केन्द्रित भएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

देशभर धान रोपाइँको गति सुस्त, हालसम्म ४५ प्रतिशत मात्र सम्पन्न

मनसुन सक्रिय, धेरै ठाउँमा भारी वर्षाको सम्भावना

सम्बन्धित

दोलखामा पहिरोमा परी ४ महिने शिशुको मृत्यु, आमा घाइते

देशभर धान रोपाइँको गति सुस्त, हालसम्म ४५ प्रतिशत मात्र सम्पन्न

मनसुन सक्रिय, धेरै ठाउँमा भारी वर्षाको सम्भावना

इरानद्वारा होर्मुज जलमार्ग बन्द भएको घोषणा, अमेरिका भन्छ, ‘खुला छ’

हर्मुज जलमार्गलाई लिएर अमेरिका–इरान तनाव फेरि चुलियो, सैन्य आक्रमण तीव्र

थाइल्याण्डको एक पबमा भीषण आगलागी, २७ जनाको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu