ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बुटवलमा विपद् व्यवस्थापन योजना तयार


admin
२० फाल्गुन २०७५, सोमबार   ५ : ३७   बजे



रुपन्देही, २० फागुन ।  बुटवल उपमहानगरपालिकाले विपद्को जोखिम न्यूनीकरण र व्यवस्थापनका लागि योजना तयार गरेको छ ।

उपमहानगरपालिले स्थानीय विपद् तथा जलवायु उत्थानशील समितिको छलफल, स्थानीयवासीसँगको अन्तक्र्रिया र सरोकारवालाको सुझावका आधारमा प्रकोपको पहिचान तथा स्तरीकरण गरी स्थानीय विपद् तथा जलवायु उत्थानशील योजना तयार पारेको हो । 

केन्द्रीय रेडक्रस समन्वय समितिको प्राविधिक सहयोगमा सम्भावित विपद्को जोखिम कम गर्न र विपद्को अवस्थामा प्रभावकारी मानवीय सहायता उपलब्ध गराउन सो योजना तयार पारिएको उमहानगरपालिकाका प्रकोप व्यवस्थापन शाखा प्रमुख विजयदेव भुर्तेलले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “उपमहानगरका १९ वटै वडामा विपद् व्यवस्थापन समिति गठन गरी बुुटवलको विपद् के हो, विपद्को जोखिममा रहेका वडाबारे अध्ययन गरी योजना बनायौ ।” 

उपमहानगरपालिकामा सबैभन्दा धेरै बाढी, पहिरो, हैजा, डेङ्गुजस्ता विपद् जोखिमको समस्या देखिएको छ जसमध्ये बाढी र डेङ्गु प्रमुख प्रकोपको रुपमा देखिएका छन् । भौगौलिक अवस्था, उपलब्ध क्षमता र सङ्कटापन्नताका आधारमा सबै वडा मिल्दाजुल्दा भए पनि दक्षिणी क्षेत्रमा प्रकोपको जोखिम बढी देखिएको शाखा प्रमुख भुर्तेलले बताउनुभयो । 

उपमहानगरपालिकाको विपद्को ऐतिहासिक विवरण, समुदायको अनुभव, वर्तमान जोखिमको अवस्था र सङ्कटापन्नताको आधार, प्रकोप तथा यसका जोखिम र जलवायु परिवर्तनको प्रभावलाई विश्लेषण गर्दा मुख्य रुपमा भूकम्प, बाढी, पहिरो, विभिन्न महामारी, सडक दुर्घटनाको बढी जोखिमा देखिएको छ ।

साथै लागू औषध दुव्र्यसनी, आगलागी, डढेलो, विद्युत् करेन्ट, सर्पदंश, छाडा चौपाया, हावाहुरी, खडेरीजस्ता प्रकोपको जोखिम बढिरहेको जनाइएको छ । स्वास्थ्य समस्यामा प्रजनन स्वास्थ्य समस्या, छालाजन्य रोग, झाडापखाला, लागुऔषध दुव्र्यसनी र घरेलु हिंसा दोस्रो समस्याको रुपमा स्तरीकरण गरिएको छ । बढ्दो सवारी चापका कारण हुने गरेको सवारी दुर्घटनालाई तेस्रोे जोखिमको रुपमा लिइएको छ । 

त्यस्तै विद्युत् चौथो, आगलागी र शीतलहर पाँचौँ, हावाहुरी छैठौंँ, सर्पदंश सातौँ, पहिरो आठौँ र त्यसपछि क्रमशः तातोहावा, चट्याड।,जङ्गली जनावर र कुकुरको टोकाइको समस्या नवौँ नम्बरमा स्तरीकरण गरिएको छ । 

उपमहानगरपालिकाका अनुसार नेपालको भौगोलिक अवस्थिति, विगतको अनुभव र भविष्यमा हुनसक्ने सम्भावनाको आकलन र सरकारको नीतिगत व्यवस्था अनुसार भूकम्पको जोखिमलाई स्तरीकरणमा नराखिएता पनि यस जोखिमलाई पहिलो जोखिमको रुपमा लिइएको छ । 

उपमहानगरमा अहिलेसम्म प्राकृतिक तथा मानव सिर्जित घटना के के घटे, विपद्को जोखिम भएका वडा कुन कुन हुन, कुन रोगको महामारी छ, जनसाङ्ख्यिक र भौगौलिकस्तरमा कहाँ जोखिम छ, भनी प्रत्येक वडा स्तरमा कार्यक्रम तथा छलफल गरेर विपद् व्यवस्थापन योजना बनाइएको उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले जानकारी दिनुभयो । 

उहाँले भन्नुभयो, “यस योजनाका आधारमा उपमहानगरपालिकाले प्रकोप जोखिम न्यूनीकरण तथा पूर्व तयारीका गतिविधि सञ्चालन गर्छ । ” विपद्को जोखिम न्यूनीकरणमा समुदायको सहभागिता बढाउन, सामाजिक सांस्कृतिक मर्यादा राखी प्रति कार्यमा प्रभावितको समान पहुँच सुनिश्चित गर्न र विपद् पश्चात प्रभावितको उचित व्यवस्थापन गर्न योजनाले मार्ग निर्देशन गर्ने प्रमुख सुवेदीको भनाइ थियो ।–

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा महाधिवेशन: पदाधिकारीको निर्वाचन छोडेर फर्किन थाले प्रतिनिधि

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : आपत्काल घोषणा, भवनहरू ढले, मृतक र घाइतेको संख्या बढ्ने आशंका

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group