ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

केन्द्रीय विद्युत् प्रसारण लाइन विस्तारको माग


एबीसी न्यूज
२१ फाल्गुन २०७५, मंगलबार   ३ : ०९   बजे


काठमाडौँ, २० फागुन ।  लघु जलविद्युत् आयोजना बिग्रिएपछि पश्चिमी इलामका बासिन्दाले केन्द्रीय विद्युत् प्रसारण लाइन विस्तारको माग गरेका छन् । लघु जलविद्युत् आयोजना पटक–पटक बिग्रने तथा प्राविधिक टोली काठमाडौँ र बुटवलबाट बोलाउनुपर्ने भएकाले उनीहरुले केन्द्रीय विद्युत् प्रसारण लाइन विस्तारको माग गरेका हुन् । 

साना खोलामा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रद्वारा निर्माण गरिएका लघु जलविद्युत् आयोजना बिग्रने क्रम बढेपछि उपभोक्ता मारमा परेका छन् । फाकफोकथुम र माङ्सेबुङ गाउँपालिकामा केन्द्रीय विद्युत् प्रसारण लाइन विस्तार नभएपछि उपभोक्ताको पहलमा लघु जलविद्युत अयोजना सञ्चालनमा आएका थिए । ती आयोजनाका उपकरण पटक–पटक बिग्रने तथा बनाउन उपभोक्तालाई आर्थिक भार हुने गरेको फाकफोकथुमका प्रमुख प्रशासकीय अधिकृत डिल्ली सुवेदीले बताउनुभयो । 

फाकफोकथुमको थावाखोला लघु जलविद्युत् आयोजनामा प्राविधिक समस्या भएपछि उपभोक्ताले दुई हप्तासम्म अँध्यारोमा बस्नुपरेको थियो । टेलिभिजन र मोबाइल चार्जरमा क्षति पुगेको स्थानीयवासी भेषराज पराजुलीले बताउनुभयो । घरमा बिजुली बाल्न रु सात हजारदेखि रु ६० हजारसम्म खर्च गरेका उपभोक्ता प्राविधिक समस्याका कारण सास्ती खेप्दै आएका छन् । उपभोक्तालाई ऋणमाथि ऋणको भार थपिँदै गएको छ । फाकफोकथुम र माङ्सेबुङमा लघुजलविद्युत् आयोजनाबाट एक हजारभन्दा बढी परिवारले विद्युत् उपभोग गर्दै आएका छन् । आयोजना मर्मत गर्न कोष नहुँदा मर्मत गर्न समस्या भएको हो । उपभोक्ताले मर्मतसम्भार गर्न नसक्ने भएकाले केन्द्रीय प्रसारण लाइन विस्तारको माग गरेका हुन् । 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group