ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

युद्ध सङ्ग्रहालय शक्तिखोरमा बनाउनुपर्ने माग


एबीसी न्यूज
२२ फाल्गुन २०७५, बुधबार   ९ : २४   बजे

चितवन, २२ फागुन ।  तत्कालीन माओवादी लडाकुको तेस्रो डिभिजन रहेको शक्तिखोर क्षेत्रमा युद्ध सङ्ग्रहालय बनाउनुपर्नेमा जोड दिइएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले चितवन वा रोल्पामा युद्ध सङ्ग्रहालय बनाउने जनाएलगत्तै यहाँको स्थानीय तहले शक्तिखोरमा सङ्ग्रहालय बनाउनुपर्नेमा जोड दिएको हो । 

तेस्रो डिभिजन रहेको ठाउँ हाल कालिका नगरपालिकामा पर्दछ । सो नगरपालिकाका प्रमुख खुमनारायण श्रेष्ठले अध्यक्ष दाहालले दुई जिल्लामध्ये जहाँ जग्गा उपलब्ध हुन्छ, सोही ठाउँमा सङ्ग्रहालय बनाउने जनाएको भन्दै शक्तिखोरमा जग्गा उपलब्ध गराउन सकिने बताउनुभयो । जनयुद्ध र त्यसपछिको शान्ति प्रक्रियाका क्रममा शक्तिखोरको भूमिका महत्वपूर्ण रहेको भन्दै उहाँले युद्ध सङ्ग्रहालय बनाउन उपयुक्त हुने बताउनुभयो । 

सो क्षेत्रका प्रदेशसभा सदस्य घनश्याम दाहालले युद्ध सङ्ग्रहालय शक्तिखोरमा बनाउन उपयुक्त हुने बताउनुभयो । स्वदेशी र विदेशी पर्यटकका लागि सङ्ग्रहालय महत्वपूर्ण हुने भन्दै उहाँले चितवन मध्यभागमा रहेकाले पनि सङ्ग्रहालय बनाउँदा सबैले सहज रुपमा अवलोकन गर्नसक्ने बताउनुभयो । 

मुख्य रुपमा सशस्त्र द्वन्द्वका समयमा प्रयोग भएका हातहतियार, बन्दोबस्तीका सामान, आक्रमणका रणनीतिक दस्तावेजलगायत सङ्कलन गरेर सङ्ग्रहालय बनाउन लागिएको हो । 

क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष सुमन घिमिरेले चितवन देशकै मध्यभागमा रहेको र विदेशी पर्यटकसमेतको आवतजावत बढी हुने भएकाले शक्तिखोरमा सङ्ग्रहालय बनाउनुपर्ने विचार राख्नुभयो 
जिल्लाको पर्यटकीय क्षेत्र सौराहा नजिकै शक्तिखोर रहेकाले पनि युद्ध सङ्ग्रहालय शक्तिखोरमा उपयुक्त हुने उहाँले बताउनुभयो । 

गाँजाखेती गराउँदै भारतीय तस्कर 

जिल्लाको पहाडी क्षेत्रमा रहेका वासिन्दालाई भारतीय तस्करले गाँजाखेती गर्न लगाउने गरेको पाइएको छ । राप्ती नगरपालिकाको वडा नं ११, १२ र १३ को साविक लोथर र कोराक गाउँ विकास समितिमा भारतीयले स्थानीयलाई गाँजाखेती गर्न लगाउने गरेको पाइएको हो । 

राप्ती नगरपालिका प्रमुख प्रभा बरालका अनुसार भारतीयले गाँजा रोप्न, काटेर सुकाउन र बोकेर उनीहरुसम्म पु¥याउन छुट्टाछुट्टै व्यक्तिलाई पैसा दिने गरेका छन् । उहाँका अनुसार निरुत्साहित गर्न प्रयास गरेको भए पनि सकिएको छैन । स्थानीयवासीलाई उद्धृत गर्दै बरालले भन्नुभयो “गाउँगाउँमा कहिलेकाहीँ तस्कर–तस्करबीचमा गोली हानाहान हुने गरेको सुनेको छु ।” भारतीय तस्करले क्षेत्र विभाजन गरेर स्थानीयवासीलाई परिचालन गर्ने गरेको बरालले बताउनुभयो । 

स्थानीयवासीले थोरै पैसा लिएर काम गर्ने बुझिएको छ । यद्यपि ठूलो क्षेत्रफलमा गाँजा लगाउने गरिएकाले लाखाँैको कारोवार हुने गरेको स्थानीयवासी बताउँछन् । सो क्षेत्रमा चेपाङ समुदायको बाहुल्यता छ । शहरी क्षेत्रबाट टाढा भएकाले प्रहरी प्रशासनको ध्यान पुग्न नसक्ने भएकाले भारतीय तस्करले स्थानीयवासी परिचालन गर्न सफल भएका हुन् । 

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले समय–समयमा प्रहरी पठाएर गाँजा नष्ट गर्ने गरेको बताउनुभयो । हालैमात्र प्रहरीले लोथरमा करीब १८ क्विन्टल गाँजा नष्ट गरेको उहाँले बताउनुभयो । 
राठौरले चितवन, मकवानपुर र धादिङका पहाडी क्षेत्रमा भारतीय तस्करले स्थानीयवासी परिचालन गरी गाँजाखेती गर्दै आएको बुझिन आएको बताउनुभयो । 

सोझासाझा चेपाङलाई परिचालन गर्ने गरेको राप्ती नगरपालिका–१३ का वडाध्यक्ष सूर्य चेपाङले बताउनुभयो । सम्बन्धित बारी धनी चेपाङलाई गाँजा लगाउने, गोडमेल गर्ने र थन्क्याउनेसम्मको एकमुष्ट वा छुट्टाछुट्टै जिम्मा दिएर रकम दिने गरेको उहाँले बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : आपत्काल घोषणा, भवनहरू ढले, मृतक र घाइतेको संख्या बढ्ने आशंका

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group