ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भारतीय पत्रकारको कुम्भमेलामा नेपाली पत्रकार सिलवाल


admin
२४ फाल्गुन २०७५, शुक्रबार   ३ : १९   बजे

काठमाडौं,२४ फागुन । भारतमा सम्पन्न पत्रकार कुम्भमेलामा नेपाली पत्रकार अशोक सिलवाल सहभागी भएर स्वदेश फर्कनुभएको छ ।

कर्णाटक युनियन अफ वर्किङ जर्नालिष्ट एशोसिएसन (केयुडब्लुजेए) र मैसुर डिष्ट्रिक जर्नालिष्ट एशोसिएशन ¬(एमडिजेए) को संयुक्त आयोजनामा कर्णाटक राज्यको मैसुरस्थित सुतुरश्रीक्षेत्रमा यही फागुन १७–१८ गते आयोजित भेलामा कर्णाटक राज्यका करीब दुई हजार पाँच सय पत्रकार सहभागी थिए । 

राज्यस्तरको ३४ औंँ सो पत्रकार भेलालाई कर्णाटकका मुख्यमन्त्री एचडी कुमारास्वामीले सम्बोधन गर्नुभएको थियो भने समग्र भेलामा विशेष आतिथ्यता र ‘भिडियो जर्नालिज्म ः न्यू च्यालेञ्जेज’ शीर्षकको सत्रको उद्घाटन तथा मन्तव्यका लागि सिलवाललाई त्यहाँ निम्त्याइएको थियो ।

भेलामा पुराना तस्वीर, छपाइ यन्त्र, रेडियो, क्यामरा र टिभी प्रदर्शनीमा राखिएको थियो भने पत्रकारिता र यस क्षेत्रका अनेक विषय र आयामबारे अनेक अन्तरक्रिया भएका थिए । वरिष्ठ पत्रकारको सम्मानसमेत गरिएको सो पत्रकारिता उत्सवमा कर्णाटकका अधिकांश सम्पादक, सम्वाददातामात्र होइन, मिडिया अध्येता र विद्यार्थीको पनि सहभागिता थियो ।

विद्यार्थीले पूर्वमुख्यमन्त्रीसँग राजनीति र फेक न्यूज आदिबारे छलफल गरेका थिए । मिडिया र राजनीति, मास मिडिया स्वसञ्चालन नीति, मिडिया एण्ड डिजिटलाइजेशन च्यालेञ्जेज, फोटो पत्रकारिता :बदलिँदो फोटोग्राफी दुनियाँ, मिडिया र लैङिक संवेदनशीलतालगायत दर्जनौं विषयमा अन्तरक्रिया भएको ।

सन् १९३४ मा स्थापित भएर शुरुदेखि नै पत्रकारको दक्षता अभिवृद्धि, पत्रकारिता पेशाको संरक्षण र वृत्ति विकासका लागि सक्रिय एमडिजेएमा कर्णाटक राज्यका सबै जिल्ला एशोसिएशन आबद्ध छन् । एमडिजेए इण्डियन फेडरेशन अफ वर्किङ जर्नालिष्ट (आइएफडब्लुजे) नयाँ दिल्लीसँग आबद्ध छ ।

त्यति ठूलो कार्यक्रममा भारतीय मित्रहरुले आफूलाई प्रदान गरेको सो सम्मान आफ्नो व्यक्तिगतभन्दा पनि नेपाल राष्ट्रको सम्मान भएको लाङ्टाङ सद्भावनादूतसमेत रहनुभएका सिलवालले बताउनुभयो । यसअघि श्रीलङ्काको सबभन्दा पुरानो पत्रकार संस्था श्रीलङ्का प्रेस एशोसिएशन (एसएलपिए)ले आफ्नो ६३ औंँ वार्षिकोत्सवका अवसरमा आयोजित विशेष कार्यक्रममा नेपालका तर्फबाट पत्रकारिता, पर्यटन र प्राध्यापनमा सक्रिय सिलवाललाई निम्त्याइएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

महाधिवेशन बिचमै छाडेर काठमाडौँ फर्कियो बालेनको टिम

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group