ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

महासङ्घ झापाको तालाबन्दी खुल्यो


admin
३ चैत्र २०७५, आइतबार   २ : ४३   बजे

बनियानी, ३ चैत । नेपाल पत्रकार महासङ्घ झापा शाखाको तालाबन्दी खुलेको छ । सदस्यता नवीकरणसम्बन्धी विवादका कारण गत माघ २९ गते प्रेस चौतारी झापा र नेपाल आदिवासी–जनजाति पत्रकार महासङ्घ (फोनिज) झापाले महासङ्घको कार्यालयमा तालाबन्दी तथा प्रेस युनियन झापाले ध्यानाकर्षण गराएको थियो । 

आज विर्तामोडमा बसेको संयुक्त बैठकबाट सहमति जुटेसँगै तालाबन्दी खुलेको पत्रकार महासङ्घ झापा शाखा अध्यक्ष तारामणि सापकोटाले बताउनुभयो । 

विसं २०७५ को सदस्य नवीकरणका पूर्ववत्रुपमा हुने र विसं २०७६ देखि केन्द्र तथा प्रदेश समितिको नीति निर्देशनबमोजिम नवीकरण गर्ने सहमति भएको छ । तालाबन्दीका कारण फागुन ४ हुने भनिएको महासङ्घ झापा शाखाको साधारणसभा चैत मसान्तभित्र गरिने भएको छ । 

पत्रकार शुद्धीकरण अभियानअन्तर्गत महासङ्घ झापा शाखाको कार्यसमितिले क्रियाशीलताको प्रमाणपत्रबिना सदस्यता नवीकरण नगर्ने निर्णय गरेको थियो । अध्यक्ष सापकोटाको अध्यक्षतामा भएको बैठकमा प्रेस चौतारी झापाका अध्यक्ष मुक्ति पौडेल, प्रेस युनियन झापा अध्यक्ष इन्दू पूर्वेली, फोजिन झापा अध्यक्ष विशाल नेम्वाङ, प्रेस सेन्टर झापा अध्यक्ष टीकाराम उप्रेती, मिडिया नेपालका रञ्जित प्रसाईं, पूर्वअध्यक्ष मोहनकाजी न्यौपानेलगायतले तालाबन्दी खोल्ने र आगामी दिनमा वार्ता र सहमतिबाट अघि बढ्ने निर्णय भएको छ । 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सुकुम्वासी विस्थापनविरुद्ध माइतीघरमा प्रदर्शन (तस्विरहरु)

स्याङ्जामा जिप दुर्घटना: १ को मृत्यु, २० घाइते

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu