ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

६ सय २६ वटा मध्ये ३३ वटा मात्रै हातहतियार नविकरण


admin
४ चैत्र २०७५, सोमबार   १ : २५   बजे

बर्दिया ,४ चैत । बर्दियामा रहेका ६ सय २६ ओटा हातहतियार मध्ये गएको आर्थिक वर्षदेखी ३३ वटा मात्रै नविकरण भएको जिल्ला प्रशासन कार्यालय बर्दियाले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालयका सुचना अधिकारी अर्जुन सुवेदिका अनुसार व्यक्तिगत रुपमा प्रयोग गरिएका ति हातहतियार नविकरण नभएका कारण प्रशासन पनि तनावमा परेको छ ।

जिल्लामा रहेका राजनितिक दलका नेता , व्यापारी , निर्माण व्यवसायी लगायत अन्य संग गरी ६ सय २६ वटा हातहतियार रहेको छ । जसमध्ये २२ वोरको राइफल ३१ वटा मध्ये १३ वटाको मात्रै नविकरण भएको छ यसै गरी १२ वोरको बन्दुक १ सए ७२ वटा मध्ये २७ वटा मात्रै नविकरण भएको छ ।

भरुवा एक नाले र दुई नाले ४ सय ३० वटा मध्ये एउटा पनि नविकरण भएको छैन । ५ सए बोर एक नाले बन्दुक एउटा रहेको छ जसको पनि नविकरण भएको छैन , एयरगन २ वटा रहेको नविकरण नभएको छ ।

दुइ वटा ६ फाइरे पेस्तोल मध्ये कुनै पनि नविकरण भएको छैन यसै गरी ३२ बोर राइफल १ थान रहेको छ जसको पनि नविकरण भएको छैन । एउटा ३ सए ५१ वोर एकनाले , एउटा ३ सय ७५ वोर राइफल , ३० – ३० वोर राइफल एक थान , ५ सए वोर २ नाले बन्दुक ५ थान पनि नविकरण भएका छैनन ।

यसैगरी ३ सए ३८ वोर १ नाले राइफल थान एक , ३ सए १५ वोर राइफल थान एक , ३२ बोर पेस्तोल थान २ , ३२ वोर ८ पेस्तोल थान दुई , ४ सए ५० वोर राइफल थान एक , ४ सए १ वोर एक नाले थान एक , ५ सए १५ वोर राइफल थान एक , २५ वोर पेस्तोल थान दुई र २ सए ५० वोर राइफल थान एक नविकरण नभएका हुन ।

साथै जिल्लामा नविकरण नभएतापनि अन्य जिल्ला बाट गर्न सकिने व्यवस्था भएपनि नविकरण भए नभएको रिपोर्ट नआएको जिल्ला प्रशासन कार्यालय बर्दियाले जनाएको छ । यसै बीच जिल्ला प्रशासन कार्यालयले सार्वजनिक सूचना प्रकाशित गरी कानुन बमोजिम लिनुपर्ने जनाएको छ ।

इजाजत नलिई वा इजाजत पत्र नविकरण नगराई वा इजाजत प्राप्त व्यक्तिको मृत्यु पश्चात हकवालाको नाममा नामसारी नगराई वा अन्य जुनसकै तरिकाले हातहतियार खरखजाना राखेको भए सुचना प्रकाशित मितिले ३५ दिन भित्र प्रहरीलाई बुझाउन वा नविकरण गर्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सुकुम्वासी विस्थापनविरुद्ध माइतीघरमा प्रदर्शन (तस्विरहरु)

स्याङ्जामा जिप दुर्घटना: १ को मृत्यु, २० घाइते

सम्बन्धित

काठमाण्डौ उपत्यकामा बर्ड फ्लु सङ्क्रमण फैलन नदिन प्राविधिक टोली परिचालन

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu