ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

वितण्डा र अशान्तिको युग समाप्त, विकासको अभियान शुरु : प्रधानमन्त्री ओली


एबीसी न्यूज
८ चैत्र २०७५, शुक्रबार   ६ : ५९   बजे

बुटवल, ८ चैत ।  प्रधानमन्त्री केपी शर्मा ओलीले वितण्डा र अशान्तिको युग समाप्त भएको बताउनुभएको छ । पूर्व पश्चिम राजमार्गको नारायणगढ–बुटवल सडकको चार लेनमा विस्तार तथा स्तरोन्नति गर्ने कार्यको आज बुटवलमा शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले मुलुकमा विकासको अभियान शुरु भएको बताउनुभयो । 

प्रधानमन्त्री ओलीले मुलुकमा सुशासन र विकासको मार्ग अघि बढे त्यसले देशलाई आधुनिकतामा लैजाने उल्लेख गर्दै सबैतिर सन्तुलन मिलाएर विकास निर्माणको काम तीव्र बनाइने बताउनुभयो । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई लक्षित गर्दै उहाँले भन्नुभयो, “कसैलाई बम पड्काउने, मान्छे मार्ने, अशान्ति मच्चाउने काम गर्ने सोचेको छ भने बन्द गर्नुपर्छ, त्यसैले बम पड्काउनेलाई निषेध गरिएको छ । कसैले यस्ता गलत काम गर्छ भने कानूनअनुसार कारवाही हुन्छ ।” 

प्रधानमन्त्री ओलीले लुम्बिनीको बृहत्तर हितलाई ध्यान राखेर अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भएको जानकारी दिँदै कुनै पनि नागरिकलाई शिक्षा र स्वास्थ्यको अवसरबाट वञ्चित हुनुपर्ने छैन भन्नुभयो । उहाँले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि यस क्षेत्रमा उडान भर्न अन्तर्राष्ट्रिय विमान कम्पनीहरु आउने विश्वास व्यक्त गर्नुभयो । 

लुम्बिनीलगायत यससँग सम्बन्धित क्षेत्रको विकासका लागि सरकार गम्भीरताका साथ लागेको बताउँदै उहाँले भैरहवा–लुम्बिनी–तिलौराकोटसम्मको सडक विस्तारका लागि काम अघि बढाउन सम्बन्धित निकायलाई निर्देशन दिनुभयो । उहाँले भन्नुभयो, “राजमार्गदेखि लुम्बिनी पुग्ने सडक पनि फराकिला बनाउन आवश्यक छ काम थाल्नुस् ।” 

उहाँले शिलान्यास गरिएको पूर्व पश्चिम राजमार्गको बुटवल नारायणगढ खण्ड मात्र नभएर अब सबैतिर नै विस्तार र स्तरोन्नतिको काम अघि बढाइने बताउँदै भन्नुभयो, “सबै सडकलाई विस्तार र स्तरीय बनाइन्छ, विसं २०८० सम्मको वर्ष निर्माणकै वर्ष हुनेछ ।” 

प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले वर्तमान सरकार स्थापनापछि मुलुकको आर्थिक वृद्धिदर उत्साहजनक रुपमा वृद्धि भएकाले यो विकास र समृद्धिको सम्भावना देखिएको बताउनुभयो । उहाँले नेपालमा पछिल्ला एक वर्षका अवधिमा चार लाख पर्यटक पढेको र वैदेशिक रोजगारीमा जाने युवाको सङ्ख्यामा कमी आउँदा खाद्यान्न लगायतका वस्तुको आयातमा भएको वृद्धि स्वाभाविक भएको बताउनुभयो । उहाँले समृद्धिको दिशामा अघि बढ्दा जनतामा निराशा छर्ने काम कतैबाट पनि नगर्न अनुरोध गर्नुभयो । 

मुख्यमन्त्री पोखरेलले लुम्बिनी देशकै महत्वपूर्ण पर्यटकीय गन्तव्य भएर पनि यसको विकासमा पर्याप्त काम हुन नसकेको बताउनुभयो । उहाँले लुम्बिनीदेखि तिलौराकोटसम्म पुग्ने सडकको समेत विस्तार गरेर चार लेन बनाउन सङ्घीय सरकारसमक्ष माग गर्नुभयो । उहाँले सबै क्षेत्रका जनतालाई विकासको अवसर दिलाउन सरकारले पूर्व पश्चिम रेलमार्गको काम पश्चिमबाट समेत शुरु गर्नुपर्ने माग गर्नुभयो । 

सङ्घीय संसद्का सांसद तथा पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले विकासका काममा पक्ष विपक्षी हुन नहुने बताउनुभयो । वर्तमान सरकारले विकास र समृद्धिका कामलाई तीव्र गतिमा अघि बढाएको बताउँदै उहाँले अबको ४ वर्षमा जनप्रतिनिधिका रुपमा जनतासँग अधुरा आयोजना के के छन् भनेर सोधिनेछ भन्नुभयो । आफूले जनतासँग गरेका प्रतिबद्धताअनुसार पूरा गरेरै छाड्ने बताउँदै उहाँले निर्माण शुरु हुन लागेको बुटवल नारायणगढ सडकखण्डको काम निश्चित समयमा सक्न र गुणस्तरीयतामा विशेष ध्यान जानुपर्नेमा जोड दिनुभयो । 

नेता पौडेलले निर्माणकै क्रममा बर्दघाटदेखि दुम्किबाससम्मको दाउन्ने पहाडमा सुरुङ निर्माण गर्न सके उक्त सडकको दूरी छोट्याउन सकिने बताउनुभयो । उक्त आयोजनाअन्तर्गत बुटवलदेखि नारायणगढको ११३ किलोमिटर सडकको स्तरोन्नति आगामी ४२ महीनाभित्र सम्पन्न गर्ने सम्झौता भएको छ । सडक स्तरोन्नतिका लागि एशियाली विकास बैंकको सहुलियत ऋण ८५ र नेपाल सरकारको १५ प्रतिशत लगानीमा झण्डै रु १७ अर्बको लागतमा काम शुरु हुने भएको छ । यसका लागि नेपाल सरकार सडक विभागअन्तर्गतको एडिबी सडक निर्देशनालयले सडक स्तरोन्नतिका लागि कम रकम कबोल गर्ने चाइनाको निर्माण कम्पन्न चाइना स्टेट कन्सट्रक्सन कम्पनीसँग सम्झौता गरेर काम अघि बढाएको छ । 

बुटवल नारायणगढ सडकखण्डमा मर्मतसम्भारको काम ४ वर्षसम्म ठेक्का लिएको कम्पनीले नै गर्ने सम्झौता गरिएको छ । उक्त सडकखण्ड हाल दुई लेनबाट विस्तार गरेर चार लेनको बनाइनेछ । सडकको दुई÷दुई लेनको बीचको भागमा हरियाली बनाउने गरी योजना नक्साङ्कन गरिएको छ । सडकको मानव बस्ती भएको क्षेत्रमा भने सर्भिस लेनसहित ६ लेनको र जङ्गल क्षेत्रमा चार लेनको हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती ः नेकपा नेता श्रेष्ठ, भिडियो

कक्षा १२ को नतिजाविरुद्ध माइतीघरमा विद्यार्थी प्रदर्शन, निष्पक्ष छानबिन र पुनर्परीक्षणको माग (तस्बिरहरु) 

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Forging Cross-Himalayan Digital Corridors: Opportunities and Development Prospects of China–Nepal Digital Economy Cooperation

प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती ः नेकपा नेता श्रेष्ठ, भिडियो

कक्षा १२ को नतिजाविरुद्ध माइतीघरमा विद्यार्थी प्रदर्शन, निष्पक्ष छानबिन र पुनर्परीक्षणको माग (तस्बिरहरु) 

भेनेजुएला- भूकम्प : ३० भन्दा बढीको मृत्यु, सयौँ घाइते, उद्धार कार्य जारी

रास्वपा महाधिवेशनमा कम सहभागिता : १३ सय ५२ प्रतिनिधिले मतदान गरेनन्, व्यवस्थापनमाथि प्रश्न

रास्वपा महाधिवेशनको दोस्रो चरण आज : उपसभापति, महामन्त्री र सहमहामन्त्री पदका लागि निर्वाचन हुँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group