पोखरा, ११ चैत । पोखराको लेकसाइडमा प्रहरीले छापा मार्दा करिब ८० जना नेपाली र विदेशी लाई नियन्त्रणमा लिएको छ ।
वडा प्रहरी कार्यालय बैदामका प्रहरी प्रमुख डिएसपी कोमल शाहको कमाण्डमा गएको टोलीले नेपाली र विदेशी गरी ८० जनालाई लाई नियन्त्रणमा लिएको हो ।
पोखरा ६ लेकसाइडको खहरेमा रहेको एक रेष्टुरेण्टमा टान्सपार्टी भएको छ भन्ने सुचनाका आधारमा प्रहरीले छापा मारेको थियो। द अफिस रेष्टुरेण्टबाट गाँजा, चरेस लगायतका लागूऔषध सहित उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
उनीहरुलाई बैदाम चौकीमा राखिएको प्रहरीले जानकारी दिएको छ । उनीहरु सबै माथि छानविन गरी दोषीलाई कार्वाही गर्ने र निर्दोषलाई छाड्ने प्रहरीले बताएको छ ।
प्रतिक्रिया दिनुहोस्