ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दैलेखका स्थानियतहमा कपीपेष्ट गर्दा गाउँपालिकाकै बेइज्जत


एबीसी न्यूज
१३ चैत्र २०७५, बुधबार   ११ : १५   बजे


काठमाडौं, १३ चैत। दैलेख जिल्लाको डुङ्गेश्वर गाउँपालिकाले प्रकाशन गरेको ‘गाउँपालिका बस्तुगत विवरण २०७४’ अन्तर्गत भौगोलिक स्वरुप खण्डमा लेखिएको छ, दक्षिण भेगमा भेरी नदीले छिमेकी गाउँपालिका भेरीगंगासँग, पश्चिममा झुप्राखोलाले वीरेन्द्रनगर गाउँपालिकासँग, उत्तरमा चिंगाड गाउँपालिकासँग र पूर्वमा खहरे खोलाले गुर्भाकोट गाउँपालिकासँग सीमा रहेको छ ।

डुङ्गेश्वर गाउँपालिका अध्यक्ष नगेन्द्रबहादुर मल्ल पाश्र्वचित्रका लागि संकलित अधिकांश विवरणहरु गलत र कपोकल्पित रहेको बताउँछन् । ‘गाउँपालिकाको भौगोलिक स्वरुप मात्रै होइन, स्वास्थ्य, शिक्षा लगायतका तथ्याङ्कहरु पनि मिल्दैनन् अध्यक्ष मल्लले भने, ‘अहिले फेरि गाउँपालिकाको बस्तुगत विवरण संकलन गर्ने काम भइरहेको छ ।’

गाउँपालिकाको बस्तुगत विवरण सहितको पुस्तक प्रकाशनका लागि वडा नम्वर २ का अध्यक्ष राजुकुमार खत्रीको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरिएको थियो । समितिमा वडा नम्वर ६ का अध्यक्ष बमबहादुर विसी र कार्यपालिका सदस्य शान्ति वली सदस्य छन् । ‘सुर्खेतको लेकवेशी नगरपालिकाको ठाउँमा डुङ्गेश्वर गाउँपालिका बनाएर पाश्र्वचित्र बनाएको देखिन्छ’, गाउँपालिकाका एक जनप्रतिनिधि भन्छन् ‘समितिले अर्को ठाउँको कपीपेष्ट गर्दा सिंगो गाउँपालिकाकै बेइज्जत भएको छ ।’

यहाँसम्म कि पाश्र्र्वचित्रका अधिकांश गाउँमा ‘नगरपालिका’लाई ‘गाउँपालिका’ बनाउँदा धेरै तथ्याङ्कहरु फरक पर्न गएका छन् । सुर्खेतको लेकवेशी नगरपालिकाको पाश्र्वचित्रलाई कपी गरेर नगरपालिकाको ठाउँमा गाउँपालिका बनाउँदा छिमेकी कर्णाली प्रदेशको राजधानी समेत रहेको वीरेन्द्रनगर नगरपालिका, भेरीगंगा नगरपालिका र गुर्भाकोट नगरपालिकालाई गाउँपालिका उल्लेख गरिएको छ ।

पाश्र्वचित्रमा दैलेख जिल्लाको सदरमुकाम नारायण नगरपालिका हुनुपर्नेमा वीरेन्द्रनगर नगरपालिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा महाधिवेशन: पदाधिकारीको निर्वाचन छोडेर फर्किन थाले प्रतिनिधि

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : आपत्काल घोषणा, भवनहरू ढले, मृतक र घाइतेको संख्या बढ्ने आशंका

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group