ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ भदौ २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कृषि यान्त्रिकरणमा किसानको आकर्षण बढ्दो, सरकारी उपस्थिती कागजमा सिमित


sharan sharan
१४ चैत्र २०७५, बिहिबार   ५ : ४७   बजे

बुटवल, १४ चैत्र ।
धमाधम युवाहरु बिदेश जान थालेपछि श्रमीक नपाएर निरास भएका कृषकहरु पछिल्लो समय भने कृषि प्रबिधीको प्रयोग गर्न थालेका छन् । रुपन्देहीका कृषकहरुको कृषि उपकरण तर्फ आकर्षण बढेपनि राज्यले सहयोग नगर्दा समस्यामा परेकाछन् ।
रुपन्देही रोहिणी ५ का किसान रबिन्द्रनाथ चौधरीले ५ वर्ष अगाडी कम्बाईन हार्डवेष्ठर्ड खरिद गरेर ल्याएका थिए । ल्याउंदा कै बेला दक्ष चालक नपाएर पिडीत भएका चौधरीले नेपाली कामदारलाई चालक त बनाए तर मरमतको पुर्जा नपाएर उनलाई पटक पटक समस्या पर्ने गरेको छ । १६ लाख भारतीय रुपैयामा हार्डवेष्टर्ड खरिद गरेका उनले खरिद गरेकै बेला भन्सारबाट १ प्रतिशत छुट दरमा सरकारी सुबिधा लिएपनि त्यस यता उनलाई राज्यको कुनै सहयोग भएको छैन । चौधरीले प्रति घण्टा ५ हजार वा प्रति बिगाहा ५ हजार शुल्क लिएर हार्ड वेष्टर्ड भाडामा चलाएकाछन् । आफुले किसनेको मेसिनमा हेर्न समेत सरकारी अधिकारीहरु नआएको चौधरीको गुनासो छ ।

सरकारले हार्डवेष्टर्ड मेसिनबाट धान वा गहुं काट्दा पराल नष्ट हुने र गाईबस्तुको खाने श्रोत बन्द हुने भन्दै २ वर्ष पहिले हार्ड वेष्टर्डको प्रयोगलाई बन्द समेत गरेको थियो । तर पछि पराल नष्ट नगरि रोलर प्रयोग गरेरमात्र मेसिन चलाउने सर्तमा गत वर्ष प्रतिबन्ध आफै फुकाएको थियो । तराईको फांटहरुमा ब्यवसायीक खेती गर्ने किसानहरुलाई कम्बाईन हार्डवेष्टर्ड उपयोगी देखिए पनि राज्यको सहयोग हुन नसक्दा हरेक दिन सिमा पारीबाट भाडामा मसिन ल्याएर प्रयोग गर्न सिमा क्षेत्रका किसानहरु बाध्य छन् ।

रुपन्देहीकै सुद्धोदन गांउपालिकाका किसान अर्जुन पौडेलले १ लाख ५० हजार तिरेर २ वर्ष पहिले धान र गहुं काट्ने रिपर भित्राएका थिए । तर भित्राएसंग रिपर मरमत गर्ने सामाग्री नपाउंदा कामको निरन्तरतामा पटक पटक अवरोध हुने गरेको छ । रिपरको प्रयोगले खौद्य उत्पादनको लागत घट्ने भएपनि पार्टपुर्जा नपाईने तथा छिटो छिटो बिग्रने समस्या रहेको पौडेलको भनाई छ ।
त्यसो त सरकारले कृषिलाई आधुनिकरण गर्ने भन्दै बेलाबेलामा बिभिन्न कार्यक्रमहरु सार्वजानीक गरेको छ । सरकारले किसानहरुलाई यन्त्रीकरणमा आकर्षण गर्ने भन्दै कार्यक्रमहरु बनाएपनि सरकारको कार्यक्रम किसानहरु सम्म पुग्न भने सकेको छैन । प्रधानमन्त्री कृषि आधुनिकरण परियोजनाका निर्देशक लक्ष्मण पौडेलले भने कृषिलाई उद्योगमा रुपान्तरण गर्ने र कृषिलाई यान्त्रीकरण गर्ने सरकारको प्राथमीकतामा रहेको दाबी गर्छन् ।
सरकारको कृषि पुर्वाधार बिकास तथा कृषि यान्त्रीकरण प्रबद्र्धन केन्द्रका केन्द्र प्रमुख राजेन्द्र मिश्र पनि बिउ छर्ने र काट्ने मेसिन बाहेकको यन्त्रहरुमा किसानहरुको आकर्षण बढेको बताउंछन् । बिउ छर्ने र काट्ने यन्त्रहरु पनि छिट्टै किसानको पहुंचमा पुग्ने उनको बिश्वास छ ।
बिउ, प्रबिधी र यन्त्रीकरणका लागि सरकार संगै नेपालमा दातृ निकायको समेत ठुलो लगानी रहंदै आएको छ । तर, ती निकायको लगानीले प्रभावकारी परिणाम भने दिन सकिरहेको छैन । यन्त्रीकरणमा बिषयमा सरकारी अधिकारीहरुले चासो नदिएका कारण प्रभावकारी हुन नसकेको अन्तरराष्ट्रिय मकै तथा गहुं बाली सुधार केन्द्र सिमिटका नेपाल प्रतिनिधि स्कट जस्टीसको भनाई छ ।
कृषि प्रधान देश भनिएपनि युवाहरुको बिदेश तिर पलायन तथा कृषिमा आधुनिक प्रबिधीको बिकास नहुंदा नेपालमा कृषि पेशाले आत्म सम्मान पाउन सकेको छैन । कृषि पेशालाई सम्मानीत र आकर्षित गर्न नारामा होईन ब्यवहारमा यन्त्रीकरण गर्न आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोशी बाढीपछि १२१ पर्यटकको उद्धार, ६२२ अझै सम्पर्कविहीन

भोटेकोशी बाढीका ४८ घाइते शिक्षण अस्पताल पुगे, ६ जना आईसीयूमा (नामसहित)

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu