सप्तरी, १४ चैत । एसईई परीक्षा अन्तरगत बिहीबार भएको विज्ञान विषयको परिक्षाको प्रश्नपत्र सप्तरीमा बुधबार राती नै बाहिरएको छ । बाहिरिएको प्रश्नपत्र विभिन्न सामाजिक संजाल मार्फत आदान प्रदान समेत भएको छ ।
एसईई परीक्षामा प्रत्यक्ष रुपमा संलग्न भएका नीजि विद्यालयका संचालकहरुबीच यो प्रश्न पत्र हवाट्सअप अप र इमोमा आदान प्रदान भएको हो ।
एक दिन अगाबै एसईई परीक्षाको प्रश्न पत्र आउट भएपछि गम्भीर प्रश्न उब्जाएको छ । श्रोतका अनुसार लाखौंको रकम चलखेल गरेपछि एक दिन अगाबै यो प्रश्न बाहिर आएको हो । हुन त यसअघि पनि एक दिन अगाबै प्रश्न पत्र बाहिर आइरहेको जानकारी आएपनि तथ्य फेला पर्न सकिरहेको थिएन् ।
प्रतिक्रिया दिनुहोस्